पाठ्यपुस्तक छनोट कसरी गर्न सकिन्छ ?
सन्दर्भ सामग्री छनोटमा समेत उचित ध्यान पु-याउनुपर्दछ । जथाभावी संकलन नगरी आफ्नो पाठ्यक्रम समेटिएका पुस्तक छनोट गर्न जरुरी छ । आधिकारिक निकायबाट प्रकाशित पुस्तक पढ्दा राम्रो हुन्छ । पाठ्यक्रमसँग सम्बन्धित पाठ्यपुस्तक, ऐन–कानुन, नीति आवधिक योजनाका साथै अन्तर्राष्ट्रिय अभ्यासको समेत अध्ययन गर्नुपर्ने हुन्छ ।

लोकसेवाको तयारी कसरी गर्दा उपयुक्त हुन्छ ?
लोकसेवाको तयारी गर्दा सर्वप्रथम पाठ्यक्रम राम्रोसँग बुझेको हुनुपर्छ । त्यसपछि पाठ्यक्रम अनुसारको सन्दर्भ सामग्री संकलन गरी विषयवस्तु अध्ययनमा ध्यान दिनुपर्छ । यसरी परीक्षाको तयारी गर्दा अध्ययनलाई निरन्तरता दिनुपर्ने हुन्छ । अध्ययन गर्दा सिद्धान्तका साथसाथै व्यावहारिक प्रयोगको पनि विश्लेषण गर्नुपर्ने हुन्छ । जस्तै तयारीकै क्रममा पुराना प्रश्नपत्र हल गर्ने र आफैँले जाँच गर्ने गर्नुपर्छ । यसो गर्दा आफ्ना लेखाइका कमीकमजोरी पत्ता लगाउन सुधार्ने अवसर प्राप्त हुनुका साथै आफ्नो लेखन शैलीलाई परिमार्जन गरी उत्कृट बनाउन सकिन्छ । यसो गर्दा परीक्षा हलमा बसेर उत्तर लेखन गर्दा सहज पनि हुन्छ ।

परीक्षार्थीले बढी अंक पाउनका लागि कसरी लेख्नुपर्छ ?
बढी अंक पाउन प्रश्नले मागेको उत्तर सटीक तरिकाले लेख्नुपर्दछ । उत्तर लेख्दा अरूको भन्दा फरक ढंगले प्रस्तुति भएको हुनुपर्छ । अर्थात् प्रस्तुति मौलिक, व्यावहारिक र विश्लेषणात्मक हुनुपर्छ । भाषाको प्रयोग गर्दा र वाक्य विन्यासमा सरलता र स्पष्टता हुनुपर्दछ र शब्द चयन गर्दा उचित ध्यान दिई परीक्षकलाई आकर्षण गर्ने खालको हुनुपर्दछ । यस्तै कति अंकभारको उत्तर लेखिरहेको छु भन्ने ख्याल गरेर आवश्यकताअनुसार तथ्यांक, सन्दर्भ र उदाहरणहरू लेख्नुपर्छ । उत्तर लेखिरहँदा सिद्धान्तका साथसाथै व्यावहारिक प्रयोगलाई समेत समेट्न सक्नुपर्छ ।
नयाँ पत्रिकाबाट लाेकसेवा बिशेष ज्ञान

Tags
प्रशासन_सम्बन्धी