उत्तरदायित्व र जवाफदेहिता मा के फरक छ ?

उत्तरदायित्व 

संगठनमा कर्मचारीलाई सुम्पीएको काम पुरा गर्नुपर्ने दायित्व वा कर्तव्य नै उत्तरदायित्व हो । कसैलाई कामको जिम्मेवारी दिइन्छ भने त्यहाँ उत्तरदायीत्व सृजना हुन्छ । यो सुशासनको अभिन्न अंग हो । यसको आवश्यकता र महत्व पारदर्शिता संग मेल खान्छ । सार्वजनिक पदाधिकारीको अधिकारलाई निश्चित सिमाभित्र राख्ने उनिहरुका कामप्रति जनताले जिज्ञासा राख्ने र त्यसको जवाफ अधिकारीबाट पाउनुपर्छ भन्ने मान्यता सार्वजनिक उत्तरदायीत्व हो । व्यवस्थापकले कर्मचारीलाई कार्यको जिम्मेवारी दिन्छ । कर्मचारीले सो कार्यसम्पादन गर्नुपर्छ जसलाई उत्तरदायीत्व भनिन्छ । अधिकारको प्रत्यायोजन गर्न सकिन्छ तर उत्तरदायीत्व प्रत्यायोजन हुदैन । 

जवाफदेहीता 

कुनै कामको नतिजा तथा परिणामप्रति अन्तिम रुपमा जवाफदेहि हुनु नै जवाफदेहिता हो । कुनै कर्मचारीले आफ्नो कार्यको बारेमा उच्च अधिकारी समक्ष स्पष्टीकरण वा जवाफ दिनुलाई जवाफदेहिता भनिन्छ । आफुले गर्नेकार्य र मातहतका कर्मचारीहरुले गर्ने कार्यप्रति व्यवस्थापक पुर्ण रुपले जवाफदेहि हुन्छन । सार्वजनिक कोषमा जम्मा भएको रकम र सो कोषबाट भएको खर्च सम्बन्धमा सम्बन्धित निकायलाई जवाफ दिने कार्य सार्वजनिक जवाफदेहिता हो । जिम्मेवारी र जवाफदेहीता एउटै नभै परिपुरक हुन । जिम्मेवारी तलतिर जान्छ भने जवाफदेहिता माथितिर । सार्वजनिक संस्था निकाय वा सार्वजनिक अधिकारीहरु आफ्नो कामका बारेमा सम्बद्ध सरोकारवाला र जनताप्रति जवाफदेहि हुने विधि र प्रणाली नै सार्वजनिक जवाफदेहीता हो ।
Previous Post Next Post

ads

ads

نموذج الاتصال