संसारकै प्राचिनमध्येमा पर्ने नेपालको राष्टिय झण्डाका विषयलाई पछिल्लो समय राजनितिक रङ पनि दिन खोजियो । चन्द्र सुर्य अंकीत झण्डाको प्रतिनिधित्व शाहवंशले गरेको भन्दै यसलाई फेर्नेसम्मका आवाज मुखरीत भए । तर झण्डाको इतिहाँस शाहवंशको नभई १३०० वर्ष पुरानो हो । नेपाली झण्डामा राजा/महाराजाले आफुलाई शक्तिशाली देखाउन चन्द्र सुर्य अंकीत गरीएको भनिए पनि इतिहाँसले त्यसो भन्दैन । झण्डाको मान–सम्मान राजा/महाराजाले पनि राखेको विभिन्न वंशावलिमा उल्लेख छ ।
संसारका सबैजसो देशका झण्डा चारकुने छन तर नेपालको झण्डा तीन कुना जोडिएर बनेको छ । राष्टिय झण्डामा दुइटा चुच्चो हुनुको अर्थ पनि विशेष रहेको इतिहाँसकारको मत छ । यसको अर्थ नेपाल पहाड, तराई र हिमाल रहेको चुचुरासहितको देश भन्ने नै हो ।
झण्डामा रहेको चन्द्र सुर्यको सांकेतिक अर्थ हामी सबै यसमा गोलबद्ध र एकताबद्ध छौँ भन्ने हो । यसर्थ झण्डा राष्टिय एकता र सहिष्णुताको प्रतिक पनि हो । झण्डामा चन्द्र माथि र सुर्य तल छन । चन्द्र शान्तिको प्रतिक र सूर्यको अर्थ परिवर्तन हो । शान्ति पुरा भएपछि मात्र सामाजिक, राजनीतिक र आर्थिक समृद्धि आउँछ भन्ने देखाउन खोजिएको हो ।
...........कान्तिपुरको साप्ताहिक नेपालबाट साभार