प्रश्न:- स्थानीय तहमा विकास योजना बनाउँदा के कस्ता विषयलाई प्राथमिकता दिनुपर्ला लेख्नुहाेस
(क) आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने खालको याेजना बनाउने,
(ख) उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने गरि याेजना बनाउने,
(ग) जनताको जीवनस्तर, आम्दानी र रोजगार बढाउने खालको याेजना बनाउने,
(घ) स्थानीय बासिन्दाहरूको सहभागिता जुट्ने साथै स्वयं सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने खालको याेजना बनाउने,
(ङ) स्थानीय स्रोत, साधन र सीपको अधिकतम प्रयोग हुने गरि याेजना बनाउने,
(च) महिला, बालबालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने गरि विकास याेजना बनाउने,
(छ) लैगिंक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने गरि सबैको अपनत्वकाे विकास याेजना बनाउने कुरामा प्राथमिकता दिने
(ज) दीगो विकास, वातावरणीय संरक्षण तथा सम्बद्र्धन गर्न सघाउ पुर्याउने खालको याेजना बनाइ कार्यान्वयनमा ल्याउने,
(झ) भाषिक तथा सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याईउने जस्ता बिषयलाइ समेटेर विकास याेजना बनाउन सकेमा मात्र स्थानीय सरकार र शासनकाे उद्देश्य पूरा हुनसक्छ ।