नेपाल सरकार गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर(MIS Operator) र फिल्ड सहायक(Field Assistant) पदका लागि १९ सय ८९ पदका लागि Online Application मार्फत दरखास्त आव्हान गरेको छ। जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ। अनलाइन फारम भरेकाहरुबाट खुल्ला प्रतिस्पर्धाद्वारा करारमा नियुक्ति गर्न दरखास्त आव्हान गरिएको हो।