नेपालकाे कर प्रणालीका समस्याहरु

कर नीति, कर कानुन, कर प्रशासन तथा कर संरचनाकाे एकीकृत रुप कर प्रणाली हाे । नेपालकाे कर प्रणाली यिनै बिषयबस्तुमा केन्द्रित छ र समस्या पनि यिनै बिषयसँग सम्बन्धित छन् जसलाई निम्नानुसार लेख्न सकिन्छः
  • कर नीति स्थिर तथा अनुमान याेग्य हुन नसक्नु,
  • कर कानुन सरल एवं पारदर्शी हुन नसक्नु,
  • कर कानुनकाे पूर्ण पालना हुन नसक्नु,
  • कर प्रशासन जिम्मेवार, जवाफदेही, पारदर्शी, आधुनिक, करदाता मैत्री एवं उच्च मनावलयुक्त हुन नसक्नु,
  • कर प्रशासनसँग समन्धित निकाय जस्तैः भन्सार, आन्तरिक राजश्व तथा राजश्व अनुसन्धान कार्यालयबिच पर्याप्त समन्वय हुन नसक्नु,  
  • कर चुहावत नियन्त्रण गर्ने कार्य प्रभावकारी हुन नसक्नु,
  • नेपाल र भारतबीचकाे खुला सिमाना ब्यवस्थित हुन नसक्नु, जसले गर्दा राजश्व चुहावट निरन्तर बढ्दै जानु,
  • राजश्व आयात ब्यापारमा आधारित हुनु,
  • राजश्वमा प्रत्यक्ष करकाे अंश कम हुनु,
  • मूल्य अभिबृद्धि कर खुद्रा तहसम्म पूर्ण रुपमा कार्यान्वयन हुन नसक्नु,
  • करदाता सहज रुपमा कर तिर्ने प्रबृतिकाे बिकास हुन नसक्नु,
  • उपभाेक्ताहरु कर साक्षर एव‌ं जागरुक हुन नसक्नु,
  • कर परीक्षण एवं अनुसन्धान कार्य उद्धेश्यमूलक हुन नसक्नु,
  • राजश्व सहि सदुपयाेगकाे प्रत्याभूति दिलाउन नसक्नु,
Previous Post Next Post

ads

ads

نموذج الاتصال