शिक्षक सेवा आयोगले लोक सेवाको सिको गर्दै हिजो फागुन १ गते नयाँ पाठ्यक्रम पारित गरेको छ। आयोगको नयाँ पाठ्यक्रमअनुसार अब माध्यमिक तह र आधारभूत तहको शिक्षक हुन पनि प्रारम्भिक परीक्षा सहित तीन चरणका परीक्षा पास गरेको हुनुपर्ने छ ।
पहिलो चरणको प्रारम्भिक परीक्षामा आयोगले लोक सेवाको जस्तै बौद्धिक परीक्षण गर्ने भएको छ । यसअघि शिक्षासम्बन्धी आधारभूत ज्ञान तथा ऐनबाट मात्र वस्तुगत प्रस्न सोध्दै आएको आयोगले अब एक सय पूर्णांकको प्रारम्भिक परीक्षामा सामान्यज्ञान, आधारभूत ज्ञान, सूचना तथा सञ्चार, बौद्धिक परीक्षणबाट १०० पुर्णाङकको ५० प्रश्न साेध्ने छ र प्रथम चरणको ५०% अङक अन्तिम नतिजामा जाेडिने छ ।
नयाँ पाठ्यक्रम अनुसार अब दाेस्राे चरणमा १०० अङ्ककाे बिषयगत प्रश्न साेधिने छ दाेस्राे चरणमा सफलता पश्चात तेस्रो चरणकाे अन्तर्वार्तामा सहभागी गराइनेछ।
पहिले र अहिलेको पाठ्यक्रममा के के छन त फरक
- यो भन्दा पहिले ४० पूर्णाङ्कको बहुबैकल्पिक(बस्तुगत) र ६० को विषयगत रहेकोमा अहिले १०० को सामान्य परीक्षा(वस्तुगत वहुबैकल्पिक) र १०० को विषयगत परीक्षा।
- पहिले शिक्षासम्बन्धी आधारभूत ज्ञान मात्र रहेकोमा अहिले त्यसको अतिरिक्त सामान्य ज्ञान, बौद्धिक परीक्षण,सुचना तथा संचार प्रविधि थप गरि विषय क्षेत्र फराकिलो बनाएको।
- पहिलेको बस्तुगत प्रश्नमा गलत उत्तरबापत अङ्क कट्टा नगरिएकोमा अहिले गलत उत्तरबापत २०%अङ्क कट्टा गरिने।
- पहिले विषयगत बस्तुगतको एकै दिन परीक्षा हुने र दुबै परीक्षाको कूल जम्मा अङ्कको आधारमा लिखित परीक्षाको नतिजा आउने गरेकोमा अहिले १०० को सामान्य परीक्षा उत्तीर्ण गरेकोलाई मात्र बिषयगत परीक्षामा सहभागी गराईने।
- पहिले वस्तुगत परीक्षाको पुरै अङ्क जोडिने तर अहिले सामान्य परीक्षा(पहिलो पत्र) मा उत्तीर्ण हुनेले उत्तीर्णाङ्कको ५०% मात्र जोडिने र लिखित परीक्षाको नतिजा निकालिने।
- अन्तर्वार्ता बाहेक पहिलेको जम्मा पुर्णाङ्क १०० अहिले २००।
-पहिले २० वटा एउटै क्षेत्रका वस्तुगत प्रश्न तर अहिले ५० वटा ५ वटा क्षेत्रका प्रश्न।
अहिलेको पाठ्ययक्रमका केही सबल पक्षहरु
-विषयवस्तुको क्षेत्र फराकिलो बनाइएको-गलत उत्तरबापत अङ्क कट्टा गरि हचुवाको भरमा धेरै मिलाउने परिपाटी अन्त्य गरिएको
- अहिलेको मागमा आधारित #सुचना तथा संचार प्रबिधिलाई समेट्न खोजिएको
- तर्क / विश्लेषण क्षमता बढाउन बौद्धिक परीक्षण समेटिएको
- समसामयिक नबिन घटनाक्रममा शिक्षकलाइ अपडेट बनाउन खाेजिएको साथै कितावी ज्ञानको अलवा सामान्य ज्ञानलाई समेत समेटिएको
- पहिलो वस्तुगत परीक्षामै केही अनुत्तीर्ण हुने हुदा दोस्रो विषयगत लिखित परीक्षामा सहभागी सङ्ख्या कम हुन जान्छ जसले गर्दा पहिले ढिलो आउने गरेको नतिजा अब छिटो आउनेछ।