गुणस्तरिय बस्तु तथा सेवा प्राप्त गर्ने उपभाेक्ताकाे संबैधानिक अधिकारकाे संरक्षण एवं प्रबर्द्धन गर्न तर्जुमा गरिएकाे उपभाेक्ता संरक्षण ऐन २०७५ ले उपभाेक्ताकाे अधिकारहरुकाे व्यवस्था गरेकाे छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:-
- बस्तु तथा सेवामा सहज पहँच अधिकार,
- स्वच्छ प्रितस्पर्धात्क मूल्यमा गुणस्तरीय बस्तु तथा सेवाकाे छनाेट गर्न पाउने अधिकार,
- बस्तु तथा सेवाकाे मुल्य, गुणस्तर, परिमाण, शुद्धता आदि बारे सुचित हुने अधिकार,
- उत्पादित बस्तुमा त्यस्ताे पदार्थकाे मात्रा, तत्व वा प्रतिशतकाे जानकारी पाउने अधिकार,
- हानि-नाेक्सानी पुर्याउने बस्तु वा सेवा बिक्री बितरणबाट सुरक्षित हुन पाउने अधिकार,
- अनुचित ब्यवसायजन्य क्रियाकलाप विरुद्ध उचित कानुनी कारवाही गराउन पाउने अधिकार,
- बस्तु वा सेवाकाे प्रयाेगबाट भएकाे हानी-नाेक्सानी विरुद्ध क्षतिपूति पाउने अधिकार,
- उपभाेक्ताकाे हक-हित संरक्षण गर्न उपचार पाउने वा सुनुवाई हुने अधिकार,
- उपभाेक्ता शिक्षा पाउने अधिकार ।