नेपालकाे संबिधानले सामाजिक सुरक्षालाई मौलिक हकका रुपमा लिइ ताेकीएको नागरिकलाई सामाजिक सुरक्षाकाे अधिकार सुनिश्चित गरेकाे छ। यहि व्यवस्था अनुसार सामाजिक सुरक्षा ऐन २०७५ जारि गरि कार्यान्वयनमा ल्याइएको छ। सामाजिक सुरक्षालाइ व्यवस्थित गर्न तर्जुमा गरिएको यस ऐनले नेपालमा हाल मासिक रुपमा वितरण हुदै आएका देहायका सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेकाे छ-
- ज्येष्ठ नागरिक भत्ता - दलित र एकल महिला ६० बर्ष पुरा र अन्य नागरिक ७० बर्ष पुरा भएपछि
- विपन्न नागरिक भत्ता
- अशक्त र असहाय भत्ता
- असहाय एकल महिला भत्ता
- अपागता भत्ता
- बालपाेषण भत्ता- अति विपन्न लोपोन्मुख र नेपाल सरकारले तोकेकाे पाँच बर्ष पुरा नगरेका बालबालिका
- स्याहार भत्ता आफ्नाे हेरचाह आफै गर्न नसक्नेलाइ
- लोपाेन्मुख जाति भत्ता- राउटे सहित दश लाेपाेन्मुख जाति