संबिधान बमाेजिम गठन भएका गाउँपालिका नगरपालिका र जिल्लासभालाई स्थानीय तहका रुपमा बुझिन्छ । जसमा जनताबाट प्रत्यक्ष अप्रत्यक्ष निर्वाचित पदाधिकारीबाट शासन सञ्चालन गरिएको हुन्छ । त्यसैले स्थानीय तहलाई स्थानीय सरकार पनि भनिन्छ । स्थानीय तहका जिम्मेवारीहरु नेपालकाे संबिधान र स्थानीय सरकार सञ्चालन ऐनले प्रष्टरुपमा ताेकेकाे छ ।
स्थानीय तहले आफ्नाे क्षेत्रभित्रका आर्थिक, राजनीतिक, प्रशासनिक, न्यायीक, सामाजिक लगाएतका क्षेत्रमा उल्लेखनीय कार्य गर्छ । आफ्नाे क्षेत्रभित्र कार्य गर्न स्थानीय तहहरु स्वतन्त्र एवं स्वायत्त छन । त्यसकारण स्थानीय तहमा शान्तिसुरक्षा कायम गर्नेदेखि बिकास निर्माण लगाएतका सबै कार्यमा पारदर्शिता, जवाफदेहीता तथा जनसहभागिता बढाइ स्थानीय तहमा सुशासन कायम गर्न स्थानीय तहले बहुआयामिक भुमिका निभाउनु पर्दछ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः-
- संबिधान अनुरुप हुनेगरि स्थानीय कानुन तर्जुमा गर्ने, स्थानीय कानुनको प्रचार-प्रसार गर्ने, कानुनको पुर्ण पालना गर्ने गराउने
- स्थानीय तहमा कार्यरत निजामति, प्रहरी लगाएतका राष्ट्रसेवकहरुलाइ सबल सक्षम बनाउने,
- जनताप्रति जिम्मेवार र जवाफदेही कर्मचारी संयन्त्र निर्माण गर्ने
- नागरिक बडापत्र जारी गरी स्थानीय तहकाे सेवा प्रवाहलाई थप सहज बनाउने
- जनतालाई आबश्यक पर्ने अति आवश्यक सेवा-सुबिधाहरु जस्तैः खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, विद्युत जस्ता सेवाको वितरण
- प्राकृतिक प्रकोप, आगलागि, बाढीपहिराे जस्ता आकस्मिक घटनामा उद्धार लगायतका सेवा सुविधा सर्वसुलभ बनाउने
- बृद्ध, अपांग, महिला, बालबालिका, आर्थिक एवं सामाजिक रुपले पिछडिएका बर्ग समुदायका आबश्यकतामा प्राथमिकता दिइ कार्य सम्पादन गर्ने
- व्यवस्थापकीय पक्षमा मितव्ययीता, दक्षता तथा प्रभावकारीता कायम गर्दै साधनस्राेतकाे परिचालन गर्ने
- स्थानीय तहबाट हुने सबै कार्यमा प्रबिधिकाे उच्चतम प्रयोग गरि सम्पुर्ण कार्यलाई कम्प्युटराइज्ड गर्ने
- सामाजिक पुँजी निर्माण र परिचालन गर्ने
- सामाजिक कुसंस्कार एवं विकृती हटाउदै समृद्ध समाज निर्माण गर्ने
- भ्रष्टाचार एवं अनियमित कार्य गर्नेलाई कडा कारबाही गर्ने, संरक्षण नगर्ने, सामाजिक बहिस्कारको नीति अबलम्बन गर्ने, अनियमितता नियन्त्रण कार्यमा स्थानीय नेतृत्वले उदाहरणीय कार्य गर्ने
- संघ तथा प्रदेश सरकारसंग समन्वयमा स्थानीय तहमा देखीने गरिबीको पहिचान गरीगरिबी निवारण कार्यक्रम सञ्चालन गर्ने
- आफ्नाे क्षेत्रभित्रका सम्पु्र्ण जनताको जनसंख्यीकीय विवरण सामयीक रुपमा अपडेट गरी साेहि आधारमा आर्थिक सामाजिक कार्यक्रमहरु लागु गर्ने
- कार्यप्रणालीलाईसरल, छिटाेछरीतो, मितव्ययी कम प्रक्रियामुखी एबं आधुनिक बनाउने
- सेवाप्रबाहमा एकद्वार नीति लागु गर्ने
- स्थानीय निजीक्षेत्र एवं नागरिक समाजसंग सहकार्य गर्ने
- नागरिक शिक्षा, नैतिक शिक्षा मार्फत नागरीक सचेतना एवं सदाचारको विकास गर्ने
- आफुले गरेका कार्यहरुको मासिक, चौमासिक, एवं वार्षिक रुपमा सुचनाहरु सार्वजनिक गर्दै जनतामा सुचनाको हकको प्रत्याभुति गराउने
जिम्मेवार र जवाफहीपुर्ण शासन, प्रशासन, सुशासन हाे । यो राज्य संयन्त्रका हरेक अङगबाट हुने जनमुखी कार्य हो । स्थानीय तह जनताको सबभन्दा नजिकको सरकार भएकोले सुशासन कायम गर्ने पहीलाे दायीत्व यसको हो। त्यसैले स्थानीय तहदेखी लाेकतन्त्रको सुदृढीकरण, कानुुनी शासन, भ्रष्ट्राचर नियन्त्रण, सेवाप्रवाहलाई चुस्त बनाउँदै स्थानीय सरकारप्रति जनताको विश्वास बढाउन स्थानीय तहले आफुले गर्ने सबै कार्यमा सुशासन कायम गर्नुपर्ने देखिन्छ ।
Tags
प्रशासन_सम्बन्धी