सामुदायीक स्वास्थ्य र नेपालमा यसका समस्या

समुदायका व्यक्तिहरुकाे समुदायका लागि समुदायमा रहेका स्वास्थ्य समस्या पहिचान गरि तिनको समाधान गर्न, व्यक्तिगत तथा वातावरणीय स्वास्थ्यमा सुधार ल्याउन गरिने क्रियाकलापलाई सामुदायीक स्वास्थ्य भनिन्छ । यसको मुलभुत उद्देश्य समुदायको स्वास्थ्य स्तरमाथि उकास्नु हाे । व्यक्तिले आफ्ने स्वास्थ्य सुधार गर्न व्यक्तिगत प्रयासबाट मात्र सम्भव नहुनाले सामुदायीक स्वास्थ्यकाे अवधारणा अगाडी ल्याइएको हाे । त्यसैले समुदायकाे स्वास्थ्य सुधार गर्न व्यक्ति, परिवार, समुदाय एवं राष्ट्र सबैकाे संयुक्त प्रयास हुनुपर्दछ ।

नेपालका प्रमुख सामुदायीक स्वास्थ्य समस्याहरु

भाैगाेलिक कठिनाइ, जनचेतनाकाे अभाव, ‍औषधिको अभाव, स्वास्थ्यकर्मीको अभाव आदी जस्ता कारणले नेपालको सामुदायीक स्वास्थ्य  विभिन्न समस्याबाट ग्रसित छ । हिमाल,पहाड, तराई सबैक्षेत्रमा स्वास्थ्य समस्या छन । सहरी क्षेत्रमा भन्दा ग्रामिण क्षेत्रमा बढी सामुदायीक स्वास्थ्य समस्या देखिएका छन । समग्रमा नेपालका प्रमुख स्वास्थ्य समस्याहरु निम्नानुसार छन ।
  • सरुवा रोग जस्तैः झाडापखाला, हैजा, आउँ, जुका आदिकाे प्रकोप हुनु
  • शिशु मृत्युदर,बालमृत्युदर,मातृ मृत्युदर उच्च हुनु
  • सन्तुलित भोजनबारे जानकारी नहुनु
  • कुपाेषण बढ्दै जानु
  • जीवनशैली अस्वस्थकर हुनु
  • स्वास्थ्य सेवाको कमी हुनु
  • स्वास्थ्य  शिक्षाको कमी हुनु
  • ग्रामीण बस्तीहरुमा स्वास्थ्यसम्बन्धी दक्ष जनशक्तीकाे अभाव हुनु
  • धुम्रपान मदपान एवं लागुपदार्थकाे सेवन गर्नेकाे स‌ंख्या बढ्दै जानु
  • समग्रमा स्वास्थ्य सेवा महंगाे हुनु, गरिबकाे पहुँचमा सर्वसुलभ हुन नसक्नु
Previous Post Next Post

ads

ads

نموذج الاتصال