भ्रष्टाचारले सामाजिक जीवन र आर्थिक विकासमा पारेका प्रभावहरु

आचरण विपरित कार्य गर्नु भ्रष्ट्राचार हाे । सार्वजनिक पद, अधिकार एव‌ं सम्पतीकाे दुरुपयोग गरी व्यक्तिगत स्वार्थमा प्रयाेग गर्ने कार्य भ्रष्टाचार हाे । भ्रष्ट्राचार मुलुकको समग्र विकासको बाधक हो । यसले हरेक क्षेत्रमा नकारात्मक प्रभाव पार्दछ । यसले  सामाजिक जीवन र आर्थिक बिकासमा पारेको प्रभावलाइ निम्नानुसार प्रस्तुत गरिएकाे छः

सामाजिक जीवनमा पारेकाे प्रभाव

समाजमा धनी र गरिब बिचको अन्तर बढ्दै गएको
सामाजिक मुल्य मान्यता एव‌ं अनुशासनमा ह्रास ल्याएको
व्यक्तिमा अनावश्यक खर्च गर्ने प्रवृती बढाएको
इमान्दार एव‌ं सदाचार व्यक्ति ओझेलमा परेकाे

आर्थिक  विकासमा पारेको प्रभाव

विकास आयोजना तोकिएकाे समय, लागत र गुणस्तरमा सम्पन्न हुन नसकेको
आर्थिक वृद्धीदर उच्च, दिगाे र फराकिलो एवं न्यायीक हुन नसकेको
बेरोजगारी एव‌ं गरिबी बढ्दै गएको
बस्तु तथा सेवाको उत्पादन एवं उत्पादकत्वमा ह्रास आएको

Previous Post Next Post

ads

ads

نموذج الاتصال