सुलुत्त परेकाे माथि चुलिदै गएको, झकक्क हेर्दा शिखरजस्ताे देखिने छाना नभएको तर घामपानीबाट भित्र सुरक्षित हुनेगरि बनेकाे निर्माणलाई शिखर शैली भनिन्छ । यसमा बाहिर वरिपरि प्रदक्षिणापथ बनाइएकाे हुन्छ भने भित्रपट्टी मुर्ति राखिन्छ । यो शैलीकाे मन्दीरहरु मुख्य गरि नागर, द्रविड र वेसर प्रकारका हुन्छन । बास्तुकलाका बिभिन्न रुपमध्ये एउटा रुप हाे ।
शिखर शैलीका बिशेषताहरु- सामान्यतया विभिन्न तहका पेटीमाथि शिखर मन्दीर स्थापना गरिएकाे हुन्छ ।
- मन्दिरअगाडि एउटामात्र मण्डप निर्माण हुन्छ
- प्रदक्षिणापथको व्यवस्था हुन्छ
- बत्ती बाल्ने दियाहरु हुन्छन
- गर्भगृहमा मन्दीरका मुल देवताको प्रतिमा स्थापना हुन्छ
- धैरै तलाहरु निर्माण हुन्छ
- मन्दिरमा शिखरलाई नै छानाकाे रुपमा प्रयाेग गर्नु
- शिखर उँभाेतिर सानाे हुदै गएकाे बनाउनु
- त्रिरथ, पञ्च रथ र सप्त रथकाे कल्पना गर्नु
- आमलक, छत्र र गजुरकाे प्रयाेग गर्नु
- उपराेक्त बिषेशता भएकाे मन्दिरहरुमा पशुपतिकाे प्राङ्गणकाे ब्रह्मा मन्दिर, पाटनकाे महाबौध र कृष्ण मन्दिर, भक्तपुरकाे बत्सलादेवी मन्दिर, स्वयम्भूकाे प्रतापपुर र अनन्तपुर मन्दिर, पाटन शङ्खमुलकाे जगतनारायण मन्दिर, ललितपुर बुङमतिकाे मच्छिन्द्रनाथ मन्दिर आदि हुन ।