भारी संख्यामा-लोकसेवाले माग्यो ८५० भन्दाबढि खरिदार-SLC पासले पनि दिन पाउने। थप विवरण हेर्नुस्

लोकसेवा कार्यालय अनामनगरले आगामी चैत्र १८ गते सम्म फारम भर्न पाउने गरि ८३५ जना खरिदारको विज्ञापन गरेको छ । साविकका १४ अञ्चलमा रहेका लोकसेवा आयोगका कार्यालयले परिक्षा संचालन गर्ने गरि देशका  विभिन्न निकायमा  रिक्त भएका राजपत्र अनंकित द्बितीय श्रेणीकाे खरिदार पदमा दरबन्दी पुर्ति गर्न लाेकसेवा आयोगले  आज फागुन २८ गते विज्ञापन गरेको हो । चैत्र १८ सम्म ३००।- रुपैयाँमा भर्न पाइने खरिदार पदकाे डबल दस्तुर वा रु ६००।- तिरेमा चैत्र २५ सम्म समेत फर्म भर्न पाइने छ । उमेदवारले अनलाइन बाट फारम भरि दस्तुर बुझाउनुपर्ने हुन्छ जसका लागि अनलाइन E-Payment तथा राष्ट्रिय बाणीज्य बैंक, ग्लाेबल आइ.एम.इ बैंक र एन.आइ.सी एसिया बैंक जुनसुकैबाट दस्तुर तिर्ने व्यवस्था लाेकसेवा आयोगले मिलाएको छ । 

एस.एल.सी, एस.इ.इ वा सो सरह उतिर्ण गरेको नेपाली नागरिक  खरिदार पदको उमेदवार बन्न सक्नेछ । खरिदार प्रथम पत्रमा सामान्य ज्ञान र सामान्य बौद्यिक परिक्षण समावेश गरिएको छ जसबाट १०० पुर्णाङकका ५० वटा प्रश्न साेधिन्छ। प्रथम पत्रको परिक्षा  मिति २०७७ बैशाख २७ गते दिनको ११ बजे राखिएको छ । प्रथमपत्रकाे परिक्षा पास गरिसकेपछी मात्र दोस्राे चरणमा प्रबेश गर्न पाइने र दाेस्रो चरणको लिखित परिक्षा अन्तर्गत गणित र बिज्ञान दोस्राेपत्र बाट ५०/५० पुर्णाङकका २५/२५ वटा बह्बैकल्पीक प्रश्नहरु साेधिनेछ । यसको परिक्षा मिति २०७७ असार ०५ गते दिनको ११ बजे राखीएको छ । लिखीत परिक्षा अन्तर्गतको तेस्राेपत्र सामाजिक अध्ययन तथा कार्यालय सञ्चालनबाट १०० पु्र्णाङकको बिषयगत प्रश्नहरु साेधिन्छ यसमा प्रशिक्षार्थिको लेखन सिप र ज्ञानको परिक्षण गरिन्छ । तेस्राेपत्रको लिखित परिक्षा  मिति २०७७ असार ०५ गते दिनको २ बजे राखीएको छ । कतिपय उमेदवारहरुले प्रथम पत्र र दाेस्राेपत्र उत्कृष्ट गरेपनि तेस्रोपत्र राम्रो गर्न नसक्दा नेपालको निजामती सेवामा प्रबेश गर्ने सुनौलो अबसर समेत गुमाएका छन त्यसैले उमेदवारले अरुपत्र संगै तेस्राे पत्रलाई पनि बिशेष फाेकस गर्नुपर्ने लोकसेवामा सफल गुरुहरुको सुझाब पनि छ ।

विज्ञापन पुरै हेर्नुस

जेष्ठता र कार्यसम्पादन मुल्यांकन द्वारा हुने बढुवा- पहिल्यै कार्यरतलाई

आन्तरिक प्रतिस्पर्धा र खुल्ला प्रतियोगीहरुका लागि


Previous Post Next Post

ads

ads

نموذج الاتصال