नेपालका जिल्लाहरु सम्बन्धी जानकारी सुत्र सहित सबै एकै ठाउँमा। हेर्नुस कुन जिल्लाको बिशेषता के ??

नेपालमा हाल सात वटा प्रदेश र 77 वटा जिल्लाहरु रहेका छन । यि प्रदेश तथा जिल्लाहरुका आफ्नै खालका बिशेषता रहेको पाइन्छ । लोकसेवा, शिक्षक सेवा, संस्थान, सेनाप्रहरी, बैंक लगाएतका विभिन्न क्षेत्रका परिक्षाहरुमा नेपालका जिल्लाका बिशेषताहरुबाट आउन सक्ने प्रश्नहरु तथा सर्वसाधारण नेपालीले समेत जान्नुपर्ने नेपालका जिल्लाहरुका केही बिशेषताहरुलाइ बुँदागत शैलीमा यसरी अध्ययन गर्नुस:

§  बराबर क्षेत्रफल भएका जिल्लाहरुः (सुत्रः रातडोब)

   -रामेछाप र तनहुँ(1546 km2)  डोटी र बर्दिया(2025 km2)

§  चीन र भारत दुवै देशलाई छुने दुई जिल्लाः  ताप्लेजुङ्ग र दार्चुला (दाता)

§  चीनसँग मात्र सिमाना जोडिएकाः 13 जिल्ला

§  चीनसँग सिमाना जोडिएकाः  13 + 2 = 15 जिल्ला 

§  भारतसँग मात्र सिमाना जोडिएकाः 25 जिल्ला

§  भारतसँग सिमाना जोडिएकाः  25 + 2 = 27 जिल्ला

§  कुनै पनि देशसँग सिमाना नजोडिएकाः 37 जिल्ला 

§  धेरै जिल्लाहरु सँग सिमाना जोडिएको जिल्लाः सिन्धुली(10 जिल्ला), मकवानपुर(9)

§  कम जिल्लासंग सिमाना जोडिएका जिल्लाः (सुत्र झाकदा)

-झापा, कञ्चनपुर र दार्चुला – 2/2 जिल्लासंग

§  नेपालको कान्छो जिल्लाः पुर्व रुकुम 

§  हलो आकारको जिल्लाः  रामेछाप

§  महेन्द्र राजमार्गले  नछुने तराईको जिल्लाः  पर्सा

§  महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाः  मकवानपुर र अर्घाखाँची 

§  क्षेत्रफलका आधारमा 5 ठुला जिल्लाहरुः  (सुत्रः डोहुतागोमु)

-डोल्पा(7889), हुम्ला(5655), ताप्लेजुङ(3646), गोरखा(3610) र मुस्ताङ(3573)

§  क्षेत्रफलका आधारमा पाँच साना जिल्लाहरुः (सुत्रः भलकापते) 

-भक्तपुर(119), ललितपुर(385), काठमाडौ(395) पर्वत(494) र तेह्रथुम(679)

§  जनसङ्ख्याका आधारमा पाँच ठूला जिल्लाः (सुत्रः कामोरुझाकै)

-काठमाडौ, मोरङ, रुपन्देही, झापा र कैलाली

§  जनसंख्याको आधारमा पाँच साना जिल्लाः (सुत्रः ममुडोरहु)

 -मनाङ मुस्ताङ डोल्पा रसुवा र हुम्ला

§  धेरै जनघनत्व भएका ५ जिल्लाः  (सुत्रः काभलरुध)

 -काठमाडौ भक्तपुर ललितपुर रुपन्देही र धनुषा

§  कम जनघनत्व भएका ५ जिल्लाहरुः (सुत्रः ममु होहुमु)

-मनाङ मुस्ताङ डोल्पा हुम्ला र मुगु

§  बढी साक्षर 5 जिल्लाः  (सुत्रः कालका भई)

-काठमाडौँ, ललितपुर,  कास्की, भक्तपुर र इलाम

§  कम साक्षर 5 जिल्लाः (सुत्रः रौस महुसी)

-रौतहट, सर्लाही, महोत्तरी, हुम्ला र सिराहा

§  झोलुङ्गे पुलको जिल्लाः बागलुङ

§  लोक्ताको लागि प्रसिद्ध जिल्लाः बागलुङ

§  नेपालको नक्सा जस्तो आकृति भएको जिल्लाः बागलुङ

§  खुकुरीको लागि प्रसिद्ध जिल्लाः भोजपुर

§  चियाको लागि प्रसिद्ध जिल्लाः  इलाम

§  अलैचीको लागि प्रसिद्ध जिल्लाः  ताप्लेजुङ

§  सर्वोच्च स्थान को जिल्ला सदरमुकामः सिमिकोट(2946 m) हुम्ला

§  होचो स्थान को जिल्ला सदरमुकामः   जलेश्वर (61 m) महोत्तरी

§  बढी विमानस्थल भएको जिल्लाः सोलुखुम्बु ( निर्माणाधीन सहित 5)

§  छोटोछोटो नदीको बहाव भएको जिल्लाः  दाङ

§  तिनतिरबाट नदिले छुट्याएको जिल्लाः  ओखलढुंगा 

§  धेरैभाग(90%) नदिले सिमाना कायम भएको जिल्लाः  कैलाली

§  कफी खेतीका लागि प्रसिद्ध जिल्लाः  गुल्मी

§ ज्वालामुखीको चिन्ह भएको जिल्लाः  दैलेख(दुल्लुमा)

§  हिमाल पारिका जिल्लाः  मनाङ र मुस्ताङ

§  3 तालको जिल्लाः  रामेछाप

§  जेल नभएका 5 जिल्ला हरुः  धनुषा, बारा, भक्तपुर, पूर्वी रुकुम र पूर्वी नवलपरासी

§  दुईवटा जेल भएका 2 जिल्लाहरुः  काठमाडौ र दाङ

§  उत्तर  हिमालय देखि दक्षिणमा महाभारतसम्म फैलिएको जिल्लाः  धादिङ

§  उत्तर हिमालय देखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्लाः  सिन्धुपाल्चोक

§  नेपालको मरुभूमि भनेर चिनिने जिल्लाः  मुस्ताङ

§  12 बडाल 18 खण्डालको जिल्लाः सुर्खेत

§  बाउन्न पोखरी त्रिपन्न तालको जिल्लाः  रुकुम

§  माथिल्लो सगरमाथा भनेर चिनिने जिल्लाः  सोलुखुम्बु ओखलढुंगा र खोटाङ

§  नयाँ मुलुक भनेर चिनिने जिल्लाः  (सुत्रः बाबकैक)

 -बाँके बर्दिया कैलाली र कञ्चनपुर 

संकलक- नारायण पौडेल (उहाँ लोकसेवा ट्रिक्सका अनलाइन प्रशिक्षक हुनुहुन्छ )

लोकसेवा  र शिक्षक सेवाको अनलाइन कक्षा लिन चाहनुहुन्छ भने नेपाल लोकसेवा ट्रिक्सलाइ सम्झनुहोला साथै  अध्ययन सामाग्रीका लागी  हाम्रो फेसबुक पेज  र युटुव च्यानलमा जोडिनुहोला  http://www.facebook.com/LoksewaTricks1http://www.youtube.com/c/LoksewaTricks 

1 Comments

Previous Post Next Post

ads

ads

نموذج الاتصال