लोकसेवा शिक्षक सेवा, संस्थान तथा अन्य निकायको तयारी गरिरहनुभएका बिद्यार्थिहरुलाइ लक्षित गरि नेपालको आर्थिक अवस्था र आर्थिक विकास संग सम्बन्धित बिकासको पुर्वाधार कृषि अन्तर्गत सोध्न सकिने बिषयगत तथा बस्तुगत प्रश्नहरुमा उपयोगी हुने डाटा हरुलाइ संकलन गरी नेपाल लोकसेवा ट्रिक्सका प्रशिक्षक नारायण पौडेल ले तयार पार्नुभएको बुदाँगत नोट अध्ययन गर्नुहोस । उल्लेखीत बुँदाहरु नेपाल सरकारको पछिल्लो आर्थिक सर्वेक्षण अनुसार तयार गरिएको हो । पढ्ने क्रममा कुनै कन्फ्युजन भएमा कमेन्ट बक्समा आफ्नो कुराहरु राख्न सक्नुहुनेछ, साथै हामीलाइ युटुब च्यानलः लोकसेवा ट्रिक्स तथा फेसबुक पेजः LoksewaTricks - लोकसेवा सहयोगीमा पनि फलो गरेर रेगुलर सामान्य ज्ञान तयारी समेत गरिरहनुहोला ।
नेपालमा कृषि सम्बन्धि जानकारी
§ GDP मा योगदान २७.७
प्रतिशत(आर्थिक सर्वेक्षणक),
§ देशको आर्थिक वृद्धिमा कृषिको योगदान 32.7 %,
कृषि उत्पादनको बार्षिक औषत बृद्धि 3.2%
§ खेतीयोग्य जमिन/ खेती गरिएको - १७.९७(१८) प्रतिशत(26 लाख 41 हजार
हेक्टर)
§ कृषि प्रदान देशमा प्रतिव्यक्ति हुनुपर्ने खेतियोग्य भुमी ०.१९ हेक्टर
§ कृषिमा आवद्ध जनसंख्या ६०.४ प्रतिशत(श्रमशक्ति
सर्वेक्षण 2008 अनुसार 73.9% रहेकोमा 2018 मा 60.4)
§ सिंचाईः 56 प्रतिशत(14 लाख 79 हजार
हेक्टर)मा छ । 44 मा छैन । ३3 प्रतिशतमा बाह्रै
महिना सिंचाइ छ
§ हालसम्म
कृषि कर्जा प्रवाह 2 खर्व 20 अर्ब जसमध्ये पशुपालनमा 37.6% खेतीपातिमा 15.9% र
अन्य 46.5%
§ कृषिबालि उत्पादनका हिसाबले खाद्यान्नबालीको अंश
45.2%, तरकारी बाली 16.8%, औद्योगिक बाली 14.5% नगदेवाली 13.3% र अन्य 10.2% रहेको
§ खाद्यान्न बालिमाः धान मकै गहँ कोदो जौं फापर, नगदेवालीमाः उखु, आलु, तेलहन, जुट र मह, औद्योगिक बालिमाः उखु, माछा, चिया, जुट, कफी र कपास त्यस्तै मसला बालिमाः अदुवा, बेसार, लसुन, खुर्सानी र अलैची,
धान
- धान
उत्पादन बढी हुने जिल्ला – झापा र कम मुस्ताङ
- धान दिवस – असार १५, मनाउन सुरुवात –ललितपुर इमाडोलबाट,
- धान खेतीको लागि उपयुक्त तापक्रम – (२५–३२)डिग्री सेल्सियस, मकै 21 र कोदो 20 डिग्री तापक्रममा पाइन्छ
- उच्च ठाँउमा धान खेती–जुम्ला, जिउलो (२८५०मि) जुम्ली मार्सी धान
- विश्वमा सबैभन्दा बढी धान उत्पादान गर्ने देश–चिन, नेपाल–१८औँ स्थानमा
- धान दिवस २०७7को नारा–“धान उत्पादन वृद्धि आत्मनिर्भरतामा समृद्धी”
प्रमुख दलहन : मसुरो, भट्टमास, मास, चना, अरहर र गहत भए
प्रमुख तेलहन : तोरी , सर्स्यूं, सुर्यमुखी, तिल, आलस
औद्योगिक बाली प्रमुख ४ औद्योगिक वाली – सनपाट, उखु, सुर्ति र चिया, कफी
चिया
§ चीनबाट नेपालमा भित्रिएको जंगबहादुरको पालमा, विश्वको पहिलो नगदेवाली, नेपालमा सुरुवात -१९२०,
§ वि.स २०१६ – बुधकरण Tea State
§ वि.स २०२९ चिया विकास निगम, वि.स २०५० चिया तथा कफी
विकास बोर्डको स्थापना, चिया दिवस
–
वैशाख १५मा, ५ वटा जिल्ला
–
चिया क्षेत्र घोषणा(पाइझा धते)–विरेन्द्रले घोषणा
§ CTC
–तराईमा उत्पादित चिया, अर्थोडक्स–पहाडमा उत्पादित चिया, नेपालको प्रतिहेक्टर चिया
उत्पादन–१०० केजी, नेपालको चिया
उत्पादनले आन्तरिक मागको ४५ प्रतिशत धानेको छ ।
§ चिया
Camellia Family मा पर्छ भने उखु Grass
Family मा पर्छ ।
कफी:
§ नेपालमा वर्माबाट भित्रिएको
§ कफीको सुरुवात –वि.सं २०११,
गुल्मीको आपचौरमा भित्राएको –हिरा गीरीले
§ कफी दिवस मंसिर १ (२०६१ देखी मनाउन थालिएको) प्रसिद्ध
जिल्ला– गुल्मी
§ धेरै – काभ्रे, स्याङ्जा, सिन्धुपाल्चोक, OVOP–स्याङजा,
नेपालको कफी निर्यात गर्ने देश – जापान
§ अर्गानिक कफीको निम्ती OVOP छनोट भएको –सिन्धुपाल्चोक, धेरै नेपालमा उत्पादन हुने कफीको प्रजाती–अरेबिका,
§ विश्वमा सुरुवात – इथियोपिया(कफिको घर) विश्वमा सबैभन्दा धेरै कफि
उत्पादन गर्ने राष्ट्र ब्राजिल
OVOP
आवधारणा सुरु –१९७९,
कहाँबाट–जापानबाट, अवधारणाकार– मुरीहितो हिरा मात्थु, कार्यान्वयन–१९८०
नेपालमा OVOP
सुरु–सन २००६, कहाँबाट–दोलखा, कुन खेती –लोक्ता खेतीको लागी,
लोगो –२०७१ असोज १२, लागो डिजाइनर–नवज्योति सुवेदी
नेपालको ४२ जिल्लामा OVOP कार्यान्वयनमा छ केही तल उल्लेख गरिएका छन ।
§ कृषि
पर्यटन – इलाम कास्की र गोरखा
§ किवी
खेती – इलाम र मकवानपुर
§ ग्रामीण
कृषि पर्यटन – लमजुङ
§ अलैची
– ताप्लेजुङ
§ बाख्रापालन
– दाङ, उदयपुर धनकुटा तेह्रथुम
§ सुपारी
– झापा
§ माछाको
दाना नुवाकोट
§ अर्किड
फुल – ललितपुर
§ लप्सी
– भक्तपुर, पर्वत
§ अकबरे
खुर्सानी – पाँचथर
§ जैतुन
– बाजुरा
§ अदुवा
प्रशोधन – वालिङ
§ बेसार
– सुनसरी
§ वास्मती
चामल – चितवन
§ लोक्ता
– दोलखा
§ हाते
कागज – बाग्लुङ
§ आलुखेती
– खोटाङ र महोत्तरी
§ जराइलो
– डोटी
§ सुन्तला
– भोजपुर
§ आँप
– सप्तरी
§ कफि
- स्याङ्जा
§ अर्गानिक कफि – सिन्धुपाल्चोक
§ जुनार – रामेछाप र सिन्धुली,
§ डेरी - काभ्रे र रुपन्देही,
§ ट्राउट माछा – रसुवा र नुवाकोट,
§ माछा – धनुषा,
§ टिमुर – म्याग्दी
§ बेल
– बर्दीया
§ मसुरोको
दाल - बाँके
कृषिक्षेत्रका केही कार्यक्रमहरु
§ साना
किसान विकास कार्यक्रम – 59 जिल्लामा
§ उन्नत
विउविजन कार्यक्रम – ७ जिल्लामा(रुकुम पुर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान,
प्युठान गुल्मी र अर्घाखाँची)
§ मासु
तथा दुधजन्य पशुपालन कर्जा कार्यक्रम
§ कृषिविमा
कार्यक्रम – 2069 देखी सुरु भएको, यसले प्राकृतिक तथा अन्य प्रकोपबाट किसानलाइ
पर्ने मारलाइ ध्यानमा राखी बिमाशुल्कको 75% सम्म अनुदान दिने
§ साना
तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना- ADB को सहयोगमा प्रदेश 5,
कर्णाली र सुदुरपश्चिम प्रदेशका 10 जिल्लामा संचालित कार्यक्रम अन्तर्गत 645 उप-आयोजना
कार्यान्वयनमा
§ आ.ब 2070/71 बाट एकिकृत दिगो कृषि तथा पोषण परियोजना मध्ये तथा
सुदुरपश्चिमका 20 जिल्लामा USAID को
सहयोगमा सुरु भएको
प्रधानमन्त्री कृषि आधुनिकरण
परियोजना
अन्तर्गत साना व्यवसायिक उत्पादन केन्द्र(Pockets)
र व्यवसायिक उत्पादन केन्द्र(Blocks) हाल प्रदेशबाट
संचालित छन भने व्यवसायिक उत्पादन तथा प्रशोधन केन्द्र(Zone)
र बृहत व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र(Super
Zone) संघबाट संचालित छन।
सुपरजोनका लागी
प्रादेशिक रुपमा छनोट भएका जिल्लाहरु
(झाबा काका दाजुकै÷धामा आत मस्यात)
§ झापा–धान
§ बारा–माछा
§ काभ्रे–आलु
§ कास्की–तरकारी
§ दाङ–मकै
§ जुम्ला–स्याउ
§ कैलाली–गहुँ
Þ हाल 583 वटा हायरिङ सेन्टर, 369 पोष्ट
हारभेष्ट सेन्टर, 205 हाइटेक नर्सरीहरु संचालनमा रहेका
Þ निकासी/निर्यात हुनेः प्रमुख कृषिजन्य
बस्तुः तरकारी, चिया, मसला, बोसो तथा तेल, पशु आहारा र जुट तथा रेशाहरु
Þ पैठारी/आयात हुनेः धान/चामल(60%), मकै,
तरकारी, फलफुल, पशुपन्छिको आहारा, बोसो तथा तेल, कपास
अलैची : खोल्साको सुन, ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, संखुवासभामा
मुख्य उत्पादन
कपास : नयाँ नेपालमा दाङ थप्ने (बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, दाङ)
सनपाट÷जुट
: वाणिज्यको खैरो कागजः
मोझा ससु (मोरङ,झापा, सप्तरी, सुनसरी)
छैटौं कृषि गणना – 2068(10/10 बर्षमा कृषि गणना हुन्छ)
§ नारा
– कृषि विकासको मुल आधार पारौं कृषि गणना साकार
§ 2068
पुस देखी फागुन सम्म 59 जिल्ला र 2069 बैशाख देखी असार सम्म 16 जिल्लामा गणना
गरीएको र नतिजा 2070 पुष 9 गते आएको ।
§ बर्ष
भरी खान नपुग्ने जनसंख्या – 60%
§ कृषि
पेशामा 83%, पुरुष 81% र महिला 19% तर कृषिमा निर्भर जनसंख्या – 74%(73.9)
§ नेपालमा
38 लाख 31 हजार हेक्टर खेतियोग्य भुमी, प्रति नेपाली खेतियोग्य भुमी 0.68 हेक्टर
रहेको
§ सबैभन्दा
बढी कृषि भुमी – मोझास सिसु(मोरङ झापा, सप्तरी सिराहा, सुनसरी) सबैभन्दा कम –
ममुडोरहु(मनाङ मुस्ताङ, डोल्पा रसुवा र हुम्ला)
कृषि सम्बन्धि थप जानकारी
§ खोल्साको सुन – अलैची, जीवित सुन – यार्सागुम्बा
§ बाणिज्यको खैरो कागज – नगदेबाली, बाणिज्यको खैरो थैलो –
सनपाट(जुट)
§ फलफुलको राजा आँप, सबै मौसममा पाइने – केरा
§ ट्रपल च्याउ रोल्पा, रोजबेरी रुकुम
§ कृषिलाइ इन्जिन अफ ग्रोथ पनि भनिन्छ ।
§ थोपा सिंचाइ प्रणालीको सुरुवात – इजरायलबाट
§ सबैभन्दा बढी अदुवा उत्पादन – भारतमा, नेपाल तेस्रो स्थानमा
§ नेपालमा कृषि पर्यटनको अवधारणा इलामबाट भएपनि कृषि पर्यटनको
कार्यान्वयन लेखनाथ कास्कीबाट भएको ।
§ नेपालमा मात्र पाइने लप्सी नेपालका 28 जिल्लामा पाइन्छ ।
§ सबैभन्दा धेरै टिमुर सल्यानमा फल्छ(OVOP मा म्याग्दी)
§ नेपालमा पाइने 32 प्रकारका लालिगुराँस मध्ये ठुलो लालिगुराँस
इलाममा र सानो – रारा ताल वरिपरि पाइन्छ
§ प्राकृतिक रेसाजन्य विकास केन्द्र – पर्वत जिल्लामा भए जडिबुटी
संकलन तथा प्रशोधन केन्द्र सुर्खेतमा स्थापना गरिएको
§ अफ्रिकामा पाइने टर्की चराको खेती - कास्कीको बाटुलेचौरमा गरिन्छ
§ टिस्यु कल्चरबाट नेपालमा तयार पारिएको प्रथम बालीः आलु हो।
कास्कीको हेम्जामा आलु दिवस मनाइन्छ।
§ इलामलाइ 8-अ
को जिल्ला भनिन्छः अलैची, अकवरे खुर्सानी, अम्रीसो, ओलन, अदुवा, आलु, ओखर र
अर्थोडक्स चिया
§ किवि फल जापानको रैथाने गुणकारी फल हो। यसको सबैभन्दा ठुलो
खेती न्युजिल्याण्डमा गरिन्छ । किबी फलको नेपाली नाम ठेकीफल हो । नेपालमा किबीको सबभन्दा ठुलो खेती काभ्रेमा
गरिन्छ ।
§ रुखमा फल्ने सबभन्दा ठुलो फल कटहर हो । दुवो विश्वको जुनसुकै
ठाउँमा पाइन्छ। सबैभन्दा बढी बड्ने बनस्पति बाँस हो
§ विश्वको पहिलो नगदेवाली – चिया, उत्पादन गर्ने प्रमुख
राष्ट्रहरुमाः भारत, श्रीलंका, केन्या, इण्डोनेशीया र चिन हुन(ICKIC)
§ यार्सागुम्बा 3800 – 600 मि.उचाइमा पाइन्छ, विश्वका 680 मध्ये 13 प्रजाति नेपालमा पाइन्छन।
Very good bro....
ReplyDelete