१. नेपालको
इतिहाँसमा मध्यकाल भन्नाले कुन अवधिलाइ बुझिन्छ ?
@
वि.सं. ९३६ देखि १८२५ सम्म
वि.सं. ९३६ देखि नेपाल एकीकरण भएको अवधि १८२५ सम्म करिब ९००
वर्ष लामो अवधि नेपालको इतिहाँको मध्यकाल हो । मध्यकालमा नेपालमा मल्लबंशी, गोर्खामा
शाहवंश, पाल्पामा सेनवंश,
कर्णाली क्षेत्रमा खस मल्लवंशी,
सिम्रौनगढमा कर्नाटवंशीले शासन चलाएका थिए
२. मल्लहरु
कहाँबाट नेपाल आएको बिश्वास गरिन्छ ?
@
भारतको कुशीनगरबाट
भारतको कुशीनगरबाट शरणार्थीको रुपमा नेपाल आएका मल्लहरु सुर्यवंशीय
क्षेत्री हुन, लिच्छवीहरुलाइ युद्धमा पराजित गरेपछि नेपालमा मल्लले शासन गरेका
थिए। मल्लहरु सर्वप्रथम गण्डकी क्षेत्रमा थिए, काठमाण्डौ प्रवेश गर्नुअघि
गण्डकीपारी शासन चलाउथे जसलाइ मल्लपुरी भनिन्थ्यो
मल्लकालिन पहिलो राजा को हुन ?
@
अरिदेव मल्ल
नेपालको प्रथम मल्ल राजाः अरिदेव मल्ल र अन्तिमः यक्ष
मल्ल(यिनी मरेपछि नेपाल टुक्रिएको) हुन । मल्ल उपाधी धारण गर्ने प्रथम व्यक्ति
अरिदेव हुन भने मल्लकै अन्तिम राजाः रणजित मल्ल(भादगाँउका)हुन ।
४. यक्ष
मल्लका पालामा नेपालको सिमाना कहाँसम्म थियो ?
@
पूर्वमा सिक्किम,
पश्चिममा गोरखा, उत्तरमा
कुति र केरुङ र दक्षिणमा विहारसम्म
यक्ष मल्लको पालामा नेपालको सीमाना पूर्वमा सिक्किम,
पश्चिममा गोरखा, उत्तरमा
कुति र केरुङ र दक्षिणमा विहारसम्म रहेको मानिन्छ । यक्ष मल्लले आफनो शासनका
उत्तरार्धमा काठमाण्डौ उपत्यकालाई तीनवटा राज्यमा विभाजित गरेका थिए
५. भादगाउँ(हालको
भक्तपुर)का प्रथम राजा को थिए ?
@
रायमल्ल
भादगाउँ(हालको भक्तपुर)का प्रथम राजा राय मल्ल र अन्तिम
राजा रणजीत मल्ल हुन, कान्तिपुर(हालको काठमाण्डौ)का प्रथम राजा रत्न मल्ल हुन भने
अन्तिम मल्ल राजा जयप्रकाश मल्ल हुन भने पाटन (हालका ललितपुर)का प्रथम राजा रण
मल्ल र अन्तिम राजा तेजनरसिंह मल्ल हुन ।
६. मल्लकालमा चौतारा भनेर कसलाइ चिनिन्थ्यो ?
@
प्रधानमन्त्रीलाइ
मल्लकालमा चौतारा सहित 5 सदस्यीय मन्त्रीपरिषद हुन्थ्यो । चौतारा र काजीको काम राजालाइ सल्लाह दिने हुन्थ्यो ।
भुकम्पमा परि मर्ने मल्ल राजा को हुन ?
@
अभय मल्ल
अरिदेव मल्लका छोरा यिनले करिब ३८ वर्ष शासन गरेका, पशुपतिमा
महास्नान गराउने, कलश पुजा गर्ने चलन चलाएका राजा यिनै हुन
सर्वप्रथम व्यावसायिक शिक्षाका सुरुवात गर्ने साथै नेपालको इतिहासमा समाज सुधारक राजा भनि चिनिने राजा को हुन ?
@
जयस्थिति मल्ल
जन्म, मृत्य
र विबाहको निश्चित नियम तोकेका यिनले उपत्यकाका नेवारहरुलाइ ३२ उपजातमा विभाजन
गर्ने, ४ वर्ण ३६ जातका सामाजिक व्यवस्था कायम गर्ने मल्ल राजा हुन । जग्गालाइ अब्बल, दोयम, सिम,
चाहार गरी ४ भागमा विभाजन गरेका, जग्गाजमिनका नाँपचाँच गर्ने
व्यवस्था सुरु गरेका थिए तेस्तै विवाहपछि महिलाको थर पुरुषकोमा परिवर्तन हुने र अपराधिलाइ
शारिरिक दण्डका सट्टा आर्थिक दण्ड दिने चलन चलाउने राजा हुन ।
९. पशुपतिनाथ मन्दिरमा भट्ट पुजारी
राख्ने चलन चलाउने राजा को हुन ?
@ यक्ष
मल्ल
भक्तपुरलाइ पर्खालले घेर्ने, नेपाल मण्डलेश्वर उपाधी लिने, एकीकृत उपत्यका राज्यलाइ तीन भाइ छोराहरुलाइ विभाजन गर्ने, भीमनाथ लोकेश्वरको मूर्ति स्थापना गर्ने, यक्षश्वर मन्दिरका निर्माण गर्ने राजा यिनै हुन ।
प्रजा मर्दा छाक छोडने, प्रजाले खाएपछि मात्र खाने मल्लराजा को हुन ?
@
महेन्द्र मल्ल
जनताको घरमा धुँवा आएपछिमात्र खानाखाने कान्तिपुरका राजा
यिनले चाँदीको मुद्रा(महेन्द्र मल्ली) प्रचलनमा ल्याएका थिए । तलेजु भवानी
मन्दिरको स्थापना गर्ने, श्वेत विनायक जात्राको प्रचलन चलाउने, नेपाली मुद्रा
भोटमा चलाउने राजा, दिल्लीसँग सम्झौता गरी नेपाली मुद्र्रासँग भारतीय विनिमय दर
निश्चित गर्ने र जुवा खेल्नेलाइ सर्वप्रथम दण्ड दिने राजा यिनै हुन ।
१ चन्द्रायण व्रत बसी गर्मीमा
पञ्चाग्नी ताप्ने र जाडोमा चिसो ढुङ्गामा बसी तपस्या गर्ने मल्ल राजा को हुन ?
@
सिद्धिनरसिंह मल्ल
हरिहर मल्लका छोरा यिनी पाटनका राजा थिए २१ गजुर भएको पाटनको
कृष्ण मन्दिर निर्माण, गोरखाका राजा रामशाहसँग व्यापारिक सन्धि गरेका, कान्तिपुरका
लक्ष्मिनरसिंहसंग एकानी शत्रु एकानी मित्र निती लिएका यिनले राजकाज छोरालाई
सुम्पेर धर्मकर्ममा लागेका थिए त्यसैले राजर्षि हुने प्रथम मल्ल राजा यिनलाइ
मानिन्छ ।
१ बौलाहा राजा भनेर चिनिने मल्ल राजा
को हुन ?
@ लक्ष्मिनरसिंह
मल्ल
प्रताप मल्लका पिता यिनि कान्तिपुरका राजा थिए, यिनको
पालामा प्यागोडा शैलीको काष्ठमण्डप(मरुसत्तल)को निर्माण गरिएको साथै कान्तिपुरको
नामाकरण भएको थियो ।
१ मल्ल वंशकै सबैभन्दा शक्तिशाली
राजा को हुन ?
@
प्रताप मल्ल
कान्तिपुरका राजा यिनले बाबु लक्ष्मीनरसिंहलाइ जेलमा हाली राजा बनेका, कविन्द्र पदवीका धारण गरेका, १५ भाषाका ज्ञाता मानिने, रानीपोखरीका निर्माण गरेका, कुचबिहारबाट डोला झिकाइ विबाह गर्ने राजा, हरिसिद्धिको नाच हेर्दाहेर्दै मर्ने साथै दुरविनको प्रथमपटक प्रयोग गर्ने राजा,
कवि चुडामणी सम्राट उपाधि लिएका
मल्ल राजा को हुन ?
@ भुपतिन्द्र
मल्ल
भक्तपुरका राजा यिनले भक्तपुर दरबार अगाडि आफनो शालिक
निर्माण गरेका थिए । यिनलाइ मैथिली साहित्यका विद्धान मानिन्छ, उषाहरण,
जैमिनी भारत र विद्या विलाप नामक नाटक लेखेका थिए । भक्तपुरको
न्यातपोल मन्दिर, भैरव मन्दिर र ५५ झयाले दरबार स्थापना गर्ने राजा यिनै हुन ।
१ कुन मल्ल राजाको मृत्युपछि ३१ जना
रानीहरु सति गएका थिए ?
@ योगनरेन्द्र
मल्ल
हालसम्म पनि जीवित राजा मानिने पाटनका मल्ल राजा यिनले सैनिक
बहादुरी देखाउनेलाइ चुडामणी पदक दिने चलन चलाएका थिए ।
१मल्लकालका अभागि राजा भनि चिनिने
राजा को हुन
@
जयप्रकाश मल्ल
मल्लकालका अभागी राजा भनी चिनिने यिनले विश्वकै सबैभन्दा
सानो जावा मुद्रा निकालेर ग्निजबुकमा नाम लेखाएका छन । यिनले कुमारी छनौट गर्ने
चलन चलाएका, घोडेजात्राको प्रचलन गरेका, इन्द्रजात्रामा कुमारीको रथ घुमाउन चलन
चलाएका थिए । पृथ्वीनाराण शाहसँग छाता र जुत्ता माग्ने राजा यिनै हुन ।