(आयोग तयारी बिशेष पहिलो श्रृखला)
लोकसेवा शिक्षक सेवा, संस्थान तथा अन्य
निकायको तयारी गरिरहनुभएका बिद्यार्थिहरुलाइ लक्षित गरि नेपाल लोकसेवा ट्रिक्सका
प्रशिक्षक नारायण पौडेलले लोकसेवा र शिक्षक सेवा तयारी गर्दा के के पढ्ने भन्ने
बिषयमा तयार पार्नुभएको केही बुँदाहरु र पछिल्ला समसामयिक बिषयसंग सम्बन्धित १५
प्रश्नहरु साथै बिषयगत ज्ञानका लागि उपयोगि हुने १ प्रश्न र त्यसको उत्तर लेख्ने
तरिका समेतका आधारमा तयार यो लेख तयार पारिएको हो । पढ्ने क्रममा कुनै
कन्फ्युजन भएमा कमेन्ट बक्समा आफ्नो कुराहरु राख्न सक्नुहुनेछ, साथै हामीलाइ युटुब
च्यानलः लोकसेवा ट्रिक्स तथा फेसबुक पेजः LoksewaTricks - लोकसेवा सहयोगीमा पनि फलो गरेर
रेगुलर सामान्य ज्ञान तयारी समेत गरिरहनुहोला ।
लोकसेवा र शिक्षक सेवा तयारी गर्दा के के पढ्ने ? 
१. आफुले
तयारी गर्न चाहेको सेवा वा लेभलको पाठ्यक्रम गहिरोसंग हेरि सम्बन्धित पाठ्यक्रम सित
मिल्ने विभिन्न बिषयका सर्वोत्तम पुस्तक छनौट गरी पढ्ने
२. नेपालको
संविधानः प्राम्भिक भाग, राज्यका निर्देशक सिद्धान्त, नीति निर्देशन मौलिक हक, कार्यपालिका,न्यायपालिका, व्यवस्थापिका, संबैधानिक निकायहरु राज्यको आर्थिक
कार्यप्रणाली लगायतका कुराहरु पढ्ने
३. आवधिक
योजना अर्थात अहिलेको १५ औं योजना, चालु आर्थिक बर्षको वजेट, नीति तथा कार्यक्रम र आर्थिक सर्वेक्षणका तथ्यांकहरु, दिगो विकासका लक्ष्यहरु, सरकार तथा सरकारी निकायले सार्वजनिक
गर्ने विभिन्न प्रतिवेदनहरु
४. निजामति
तयारी गर्नेहरुले निजामति सेवा ऐन, नियमावली, सुशासन(व्यवस्थापन तथा संचालन) ऐन र शिक्षक सेवा तयारी गर्नेहरुले शिक्षा
ऐन, नियमावली, शिक्षक सेवा आयोग नियमावली लगाएत
शिक्षा सम्बन्धी कानुनहरु
५. नेपाल
परिचय र शिक्षा मन्त्रालयबाट जारि हुने शैक्षिक सुचना लगायतका पुस्तकहरु अनिवार्य रुपमा
अध्ययन गर्ने
६. उल्लेखित
कुनैपनि विषय पढ्दा हल्का रुपमा नभई हरेक शब्दको आशय र व्यवहारमा के भईरहेको छ भन्ने
कुरा ख्याल गर्नेगरि विश्लेषण गर्नुपर्छ ।
आजको पहिलो अंकमा समसामयिक सामान्य ज्ञान सम्बन्धी केही प्रश्नहरु हेरौं
१. भ्रष्ट्राचार अवधारणा सुचकांक २०२० अनुसार नेपाल कति औं
स्थानमा परेको छ ?
@ ११७
औं स्थानमा
ट्रान्सपरेन्सी
इन्टरनेशनलले सन २०२१ जनवरी २८ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल ३३ अंक सहित
११७ औं स्थानमा परेको छ । २०१९ मा ३४ अंक सहित ११३ औं स्थानमा थियो । नेपालसंगै ११७
औं स्थानमा इजिप्ट, इस्वातीनी,
जाम्बिया सेरालियन र युक्रेन परेका छन । सार्क
मुलुकमा सबैभन्दा भ्रष्ट्र मुलुक अफगानिस्तान र कम भ्रष्ट्र मुलुक भुटान रहेका छन ।
विश्वका कम भ्रष्ट्र मुलुकहरुमा क्रमशः न्युजिल्याण्ड,
डेनमार्क, फिनल्याण्ड,
स्वीजरल्याण्ड र सिंगापुर भए बढी भ्रष्ट्र मुलुकहरुमाः सोमालिया र दक्षिण सुडान,
सिरिया, यमन,
भेनेज्वेला रहेका छन । ट्रान्सपरेन्सी इन्टरनेशनलले
सन १९९५ देखी प्रतिवेदन प्रकाशित गर्दै आएकोमा सन २००४ देखी नेपाललाई समावेश गर्न सुरु
गरेको हो ।
२. नेपालमा स्वास्थ्य
बीमा कार्यक्रम कहिलेबाट सुरु भएको हो ?
@
२०७५ चैत्र २ गतेबाट
२०७७
फागुनसम्म ६६ जिल्लामा स्वास्थ्य विमा
लागु भएको छ । नेपाल सरकारको यही आर्थिक वर्षमा नेपालका ७७ वटै जिल्लामा यो कार्यक्रम
लागू गर्ने योजना रहेको । स्वास्थ्य बिमा कार्यक्रम २०७५ चैत्र २ गते कैलालीबाट सुरु
भएको हो । स्वास्थ्य विमा ऐन र नियमावली बमोजिम ५ जनाको परिवारले ३५ सय तिरेपछि १ लाख
सम्मको स्वास्थ्य विमा हुनेछ भने सो भन्दा माथिको परिवार संख्या भएमा प्रति व्यक्ति
विमा रकम ७ सय रुपैयाँले बढ्दै जाने र सेवा समेत २०/२० हजारको दरले थपिदै जानेछ ।
३. नेपालमा पहिलोपटक न्युक्लियर मेडिसिन सेवाको सुरुवात कहिले
भएको हो ?
@
वि.सं २०७७ पुस ६ गते
चितवन
मेडिकल कलेज,चितवनले
यो प्रविधिको सुरुवात गरेको हो । खासगरी क्यान्सर, थाइराइड
एवम् हड्डीको दुखाइ पत्ता लगाउन यो प्रविधि प्रयोग गरिन्छ । यो कम स्तरको रेडियो एक्टिभ
सामग्री मौखिक वा इन्जेक्सनमार्फत शरीरभित्र प्रवेश गराई शरीरको अवस्थाबारे जानकारी
लिन सकिने प्रविधि हो ।
४. विश्व रेकर्ड कायम गर्दै १४३ भू उपग्रह पृथ्वीबाट कहिले
पठाइयो ?
@
२०२१ जनवरी २४ मा
एलन
मस्कको कम्पनी स्पेस एक्स द्वारा अमेरिकाको फ्लोरिडा बाट उक्त प्रक्षेपण गरिएको । यस
अघि सन् २०१७ को फ्रेबुअरीमा भारतले एक साथ १०७ वटा सेटलाइट पठाउने रेकर्ड कायम गरेको
थियो उक्त रेकर्डलाई स्पेस एक्सले तोडेको छ । एउटा मिसनका लागि एक साथ १४३ सेटलाइटले
उडान भरेको पहिलो हो यो मिसनले सन् २०२१ सम्ममा विश्वलाई एउटै ग्लोबल ब्रोडब्याण्ड
इन्टरनेटले कनेक्ट गर्ने योजना स्पेस एक्सको रहेको छ । स्पेस एक्सको फाल्कोन(९ रकेटले
उक्त सेटलाइटहरु लिएर गएको थियो । स्पेस एक्सका संचालक एलन मस्क बिश्वकै सबैभन्दा धनि
ब्यक्तिको सुचिमा परेका छन ।
५. २०२० मा विश्वको सबैभन्दा धेरै प्रत्यक्ष वैदेशिक लगानी
(एफडिआई) भित्राउने मुलुक कुन हो ?
@
चीन
चीनले
सन २०२० एक वर्षको अवधिमा एक खर्ब ६३ अर्ब डलर वैदेशिक लगानी भित्राएको । संयुक्त राष्ट्रसंघको
व्यापार र तथा विकास सम्मेलन (यूएनसीटीएडी)ले लगानी सम्बन्धी सार्वजनिक प्रतिवेद्नमा
सो तथ्यांक उल्लेख गरिएको । यस अघिसम्म प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेमा पहिलो
मुलुक अमेरिका यसपालि दोस्रोमा परेको छ ।
६. जनसंख्या घडी अनुसार नेपालको जनसंख्या ३ करोड कहिले पुगेको
हो ?
@
२०७७ असार १२ गते
केन्द्रीय
तथ्यांक विभागको जनसंख्या घडीअनुसार २०७७ असार १२ गते देशको जनसंख्या ३ करोड ६ सय ३४
पुगेको । राष्ट्रिय जनगणना २०६८ (सन २०११०) को आधारमा जनसंख्या घडी वि.स.२०७२ साउन
१ गतेबाट निर्धारण गरिएको हो । जन्म, मृत्युदर
तथा बसाइँसराइँको स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ ।
७. सार्क स्तरीय बङ्गबन्धु शेखमुजिब म्याराथन २०२१ मा स्वर्ण
जित्ने नेपाली महिला को हुन ?
@
पुष्पा भण्डारी
२०२१ जनवरी १० मा बंगलादेशको
ढाकामा भएको सार्क स्तरिय म्याराथनमा नेपालकी पुष्पा भण्डारीले स्वर्ण जितेकी हुन ।
८. दक्षिण एसियाकै पहिलो ‘स्काई
वाक टावर’को निर्माण
कहाँ गरिने भएको छ ?
@ कमलादी,
काठमाडौँ ।
विसं
२०७६ मङ्सिर २१ मा टावरको शिलान्यास गरिएको सो टावरको उचाइ ७८ मिटर हुनेछ ।
९. नेपालमा राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको
हो ?
@
विसं २०७६ माघ २६ ।
राष्ट्रिय
आयोजना बैङ्क कार्यान्वयनमा आएपश्चात यसमा समाहित भएका आयोजनाले मात्र बजेटमा प्रवेश
पाउने ।
१०. भाषा आयोगको प्रतिवेदनअनुसार नेपालमा थपिएका दुई भाषा कुन–कुन
हुन ?
@
मारेक याक्खा र नावा शेर्पा(राष्ट्रपतिसमक्ष
बुझाएको आर्थिक वर्ष २०७६।०७७ को प्रतिवेदन अनुसार)
यसअघि
आ.व २०७५।०७६ को प्रतिवेदनअनुसार थप भएका छ वटा भाषाहरुः १. राना थारू(कैलाली),
२. नार फु (मनाङ),
३. चुम(स्यार) गोरखा,
४. नुब्री (लार्के) गोरखा,
५. पोड्के (डोल्पा) र ६. सेराके(सेके) मुस्ताङ
हुन । २०६८ को जनगणनाअनुसार नेपालमा बोलिने भाषाको सङ्ख्या १२३ रहेकोमा पछि थपीएका
उल्लेखीत आठसहित हाल जम्मा भाषाको सङ्ख्या १३१ पुगेको ।
११. हाल अन्तराष्ट्रिय क्रिकेट परिषद(ICC)का अध्यक्ष को रहेका छन ?
@ न्यूजिल्याण्डका
ग्रेग बार्कले
१२. अ प्रमिस्ड ल्याण्ड(A Promised
Land)नामक कृतिका लेखक को हुन ?
@ बाराक
ओबामा(अमेरिकी पुर्व राष्टपती)
१३. कञ्चनपुरको महाकाली नगरपालिकाको नाम परिवर्तन गरी के बनाइएको
छ ?
@ दोधारा–चाँदनी
नगरपालिका
१४. कहिल्यै आँखा नचिम्लने जीव माछा हो भने कहिल्यै आँसु नझार्ने
जीव कुन हो ?
@ चिम्पाञ्जी
१५. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?
@
जनवरी २६
बिषयगत प्रश्न
सार्वजनिक
सेवा प्रवाहमा निजामती कर्मचारीको भूमिका बारे लेख्नुहोस(५)
"शासन गरेर सेवा होइन, सेवा दिएर शासन"
सरकार
तथा सरकार अन्तर्गतका सम्पुर्ण संयन्त्रले नागरिकलाई उपलब्ध गराउने सेवाको समष्टिगत
स्वरुप नै सार्वजनिक सेवा प्रवाह हो । निजामती सेवाले यस्तो सेवाको वितरण गर्दछ । स्थायि
सरकारको रुपमा रहेको निजामती सेवा राज्य संचालनको आधार स्तम्भ हो । सरकारको तर्फबाट
गुणस्तरीय पारदर्शी र प्रभावकारी सेवा प्रवाहको जिम्मेवारी बोकेका निजामती कर्मचारीको
भूमिका देहायबमोजिम हुन्छः
o ऐन
कानुन र नीतिलाई समयानुकुल बनाउदै पूर्ण कार्यान्वयन
o राष्ट्र
र जनताको हितलाई सर्वोपरी ठान्ने
o शिष्ट
नम्र र निष्पक्ष व्यवहार, सेवाग्राहिको
अधिकारको सम्मान
o जनचाहना
र आवश्यकता अनुसारको सेवा प्रवाह
o सरकार
विहिनतामा पनि स्थायी सरकारको रुपमा निरन्तरता
o गरिब
र पिछडिएका वर्ग सम्म नै सरकार पु¥याउने
o नागरिक
बडापत्र र नबिनतम प्रविधिको अधिकतम प्रयोग
o
गुनासो व्यवथापन तथा सार्वजनिक
सुनुवाई
o शिघ्र,
पारदर्शि
र जनसहभागिता मूलक कार्यप्रणाली
o निजीक्षेत्र
सहकारी क्षेत्र र गैरसहकारी क्षेत्रलाई परिचालन
o कानुनी
शासन र मानव अधिकारको प्रत्याभूती
o तोकीएकै
समय लागत र गुणस्तरमा सेवा प्रवाह
o नागरिकको
नजिकको निकायबाट सेवा वितरण
o अनुशासीत
भ्रष्टाचारमुक्त र जनमुखी प्रशासन निर्माण
o नवप्रवर्तनीय
सेवाहरु वितरण एवं प्रभावकारी सूचना सम्प्रेषण
सरकारले जनतालाई उपलब्ध
गराउने सेवा सुविधा चुस्त दुरुस्त जनमुखी र पारदर्शि बनाई जनतामाझ पु¥याउने
कार्य निजामती कर्मचारीको हो । कर्मचारीले सेवा प्रवाहमा आफ्नो भूमिका जिम्मेवार पूर्वक
निर्वाह गर्न सकेमात्र आधुनिक न्यायपूर्ण र समृद्ध राष्ट्र निर्माणमा ठोस सहयोग पुग्नेछ
।
प्रतिक्रियाको लागि: [email protected]