नयाँ बजेटमा लोकसेवा, शिक्षकसेवा लगायत अन्य तयारीका लागी सम्झिनैपर्ने महत्वपुर्ण जानकारीहरु - सेयर गर्नुस

लोकसेवा शिक्षक सेवा, संस्थान तथा अन्य निकायको तयारी गरिरहनुभएका बिद्यार्थिहरुलाइ लक्षित गरि नेपाल लोकसेवा ट्रिक्सका प्रशिक्षक नारायण पौडेलले लोकसेवा र शिक्षक सेवा तयारी गर्नेहरुलाई लक्षितगरी नया बजेटमा आधारित भै यो लेख तयार गर्नुभएको हो । पढ्ने क्रममा कुनै कन्फ्युजन भएमा कमेन्ट बक्समा आफ्नो कुराहरु राख्न सक्नुहुनेछ, साथै हामीलाइ युटुब च्यानलः लोकसेवा ट्रिक्स तथा फेसबुक पेजः LoksewaTricks - लोकसेवा सहयोगीमा पनि फलो गरेर रेगुलर सामान्य ज्ञान तयारी समेत गरिरहनुहोला ।


सर्वप्रथम बजेटको सुरुवात बेलायतबाट १७३३ मा भएपनि कार्यक्रम बजेट सुरुवात अमेरिकाबाट, त्यस्तै २ छुट्टाछुट्टै बजेट पेश गर्ने देश भारत हो भने बर्षमा २ पटक बजेट पेश गर्ने फ्रान्स हो ।

नेपालमा सर्बप्रथम बजेट पेश गर्ने अर्थमन्त्री सुवर्ण समशेर(२००८ माघ २१) हुन । त्यो बेला मातृका कोइराला प्र.म थिए कार्यक्रम बजेटको सुरुवात २०२६ देखी र नाफा बजेट आ.ब २०३३/३४ मा प्रस्तुत भएको हो ।

विश्वमा लैंगिक उत्तरदायी बजेटको सुरु अष्ट्रेलियाबाट भएको, लैंगिक उत्तरदायी बजेटको लागि नेपाललाइ सहयोग गर्ने दातृसंस्था युनिसेफ हो, नेपालमा आ.ब २०६२/६३ बाट लैंगिक उत्तरदायी बजेट अबलम्बन गरियो ।

नेपालमा हालसम्म सबभन्दा बढी(७ पटक) बजेट प्रस्तुत गर्ने अर्थमन्त्री – महेश आचार्य हुन।

आब २०७८/७९ को बजेट बि स २०७८ जेठ १५ मा अध्यादेश मार्फत सार्वजनिक भएको छ । यस अघी ९पटक अध्यादेश मार्फतको बजेट आएको थियो यो अध्यादेश मार्फत आएको दशौ बजेट हो ।

२०७८/७९ को बजेटको आकार

§  कूल बजेटः १६ खर्ब ४७ अर्ब ५७ करोड

§  चालुतर्फः ६ खर्ब ७८ अर्ब ६१ करोड (४१.%)

§  पूँजीगत तर्फः ३ खर्ब ४७ अर्ब २६ करोड(२२.%)

§  वित्तिय व्यवस्थातर्फः २ खर्ब ७ अर्ब ९७ करोड(१२.%)

§  प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणः ३ खर्ब ८६ अर्ब ७१ करोड(२३.%)

वित्तीय हस्तान्तरण तर्फ बिनियोजित रकम मध्ये चालुतर्फः ३ खर्ब २५ अर्ब ७४ करोड (८४.%) र पुजीगत तर्फः ६० अर्ब ९७ करोड (८४.%) हुने । वित्तिय हस्तान्तरण समानीकरण अनुदान सहित चालु तर्फः १० खर्ब ४ अर्ब ३५ करोड (६०.%) पुँजीगत तर्फः ४ खर्ब ८ अर्ब २३ करोड(२४.%) छुट्टाइएको ।

बजेटको खर्च व्यहोर्ने स्रोत

§  राजस्वबाटः १० खर्ब २४ अर्ब ९० करोड

§  आन्तरिक ऋणबाटः २ खर्ब ५० अर्ब

§  वैदेशिक ऋणबाटः ३ खर्ब ९ अर्ब २९ करोड

§  बैदेशिक अनुदानः ६३ अर्ब ३७ करोड

बजेट मार्फत प्रदेश र स्थानीय तहलाई अनुदान

§  प्रदेशलाई सशर्त अनुदानः अर्ब ८७ करोड र समानीकरण अनुदान ५ अर्ब ५४ करोड

§  स्थानीय तहलाई सशर्त अनुदानः १ खर्ब ७३ अर्ब ५० करोड र समानीकरण अनुदानः ९ अर्ब

§  समपुरक अनुदान तर्फ १२ अर्ब ३७ करोड र बिषेश अनुदान तर्फ १२ अर्ब ४६ करोड विनियोजन।

बजेटलाइ क्षेतगत रुपमा हेर्दा

§  शिक्षा, विज्ञान तथा प्रविधीः १ खर्ब ८० अर्ब ४ करोड

§  स्वास्थ्य :  १ खर्ब २२ अर्ब

§  सामाजिक सुरक्षा भत्ताः  १ खर्ब

§  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयः १ खर्ब ६३ अर्ब

§  सहरी विकास मन्त्रालयः ४१ अर्ब २० करोड

§  उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयः १ खर्ब २१ अर्ब

§  संचार तथा सु. प्रविधि मन्त्रालयः रु ७ अर्ब ७४ करोड

§  संघिय मामिला तथा सा.प्र मन्त्रालयः ३० अर्ब ८३ करोड

§  श्रम रोजगार तथा सा.सु मन्त्रालयः १४ अर्ब

§  भुमिव्यवस्था स. तथा ग.नि मन्त्रालयः ८ अर्ब २१ करोड

§  वन तथा वातावरण मन्त्रालयः १४ अर्ब १३ करोड

§  संस्कृति पर्यटन तथा ना उ मन्त्रालयः २७ अर्ब ४७ करोड

§  उ. वाणिज्य तथा आपुर्ती मन्त्रालयः १३ अर्ब ५८ करोड

§  युवा तथा खेलकुद मन्त्रालयः २ अर्ब ७४ करोड

§  खानेपानी मन्त्रालयः ४३ अर्ब ५४ करोड

§  भुकम्प पछिको पुनर्निर्माण : ३३ अर्ब ५५ करोड

§  कृषि तथा पशुपन्छी विकासका लागी ४५ अर्ब ९ करोड

§  प्रधानमन्त्री रोजगार कार्यक्रमका  लागीः १२ अर्ब

§  कोभिड खोप व्यवस्थापनका लागीः २६ अर्ब ७५ करोड

§  सिंचाइ तथा नदी नियन्त्रणका लागीः ३१ अर्ब ८६ करोड

बजेटका उद्देश्यः ४ वटा

१.    कोभिड १९ को महामारीबाट नागरीकको जीवन रक्षा गर्ने

२.    अर्थतन्त्रको शिघ्र पुनरुत्थान गर्न आर्थिक गतिविधि एवं विकास निर्माणका कार्यक्रमलाइ तिव्रता दिने

३.    राज्यको लोककल्याणकारी भुमिकालाइ सुदृढ बनाउने सामाजिक सुरक्षा एवं संरक्षण प्रदान गर्ने र सामाजिक न्याय सहितको समृद्धी हाँसिल गर्ने

४.     सार्वजनिक नीजि र सहकारी क्षेत्रमा उपलब्ध स्रोत र साधनलाइ उत्पादनशिल क्षेत्रमा परिचालन गर्दै उत्थानशील अर्थतन्त्र निर्माण गर्ने ।

बजेटका प्राथमिकताः १० वटा

१.    कोभिड १९ को रोकथाम नियन्त्रण तथा उपचारको लागि परिक्षणको दायरा विस्तार उपचारको व्यवस्था स्वास्थ्य उपकरण तथा सामाग्रीको आपुर्ती निशुल्क खोपको सुनिश्चितता स्वास्थ्य पुर्वाधार विकास र चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको प्रभावकारी परिचालन

२.    कोभिड १९ बाट प्रभावित परिवारलाइ राहत निजी क्षेत्रलाइ प्रोत्साहन सहुलियत र पुनरुत्थानको माध्यमबाट आर्थिक गतिविधि विस्तार

३.    श्रम बजारमा प्रवेश गर्ने तथा रोजगारी गुमाएका श्रमिकहरुलाइ काम र रोजगारीको सुनिश्चितता

४.     सबै नेपालीलाइ जीवनचक्रमा आधारित सामाजिक सुरक्षा र संरक्षण

५.    कृषि उत्पादन एवं उत्पादकत्व अभिवृद्धी र खाद्य सुरक्षाको प्रत्याभुती

६.    जिवनउपयोगी एवं सिपयुक्त शिक्षाका लागि पुर्वाधारमा लगानी

७.    तिव्र औद्योगिकीकरण र शिघ्र प्रतिफल प्राप्तहुने रणनीतिक महत्वका पुर्वाधार निर्माण

८.    संघ प्रदेश र स्थानीय तहबिच समन्वय र सहकार्य मार्फत सन्तुलित विकास

९.    सबै प्रकारका विभेद र असमानताको अन्त्य समन्यायीक विकास र विकासका प्रतिफलमा न्यायपुर्ण पहुँच र

१०. उत्तरदायी शासकीय व्यवस्था शान्ति सुरक्षाको प्रत्याभुती भ्रष्ट्राचार नियन्त्रण सुशासन र सेवाप्रवाहमा प्रभावकारीता

आर्थिक बर्ष २०७८/७९ को बजेटका मुख्य बिशेषता

§  गत आर्थिक बर्षमा आर्थिक बृद्धीः -१.२ प्रतिशत(ऋणात्मक) रहेको

§  चालु  आ.ब. २०७७/०७८ मा आर्थिक बृद्धिदरः ४ प्रतिशत र मुद्रास्फिर्ती दरः ६.५ प्रतिशत हुने अनुमान

§  चालु आ.ब.मा प्रतिव्यक्ती आयः ११९१ अमेरीकी डलर पुग्ने ।

§  बजेट कार्यान्वयनपछि आगामी आ.ब.मा आर्थिक वृद्धी ६.५ प्रतिशत हुने अनुमान ।

§  कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने

§  स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब सबै नागरिकलाइ निशुल्क कोभिड विरुद्धको खोप लगाउन २६ अर्ब ७५ करोड बिनियोजन

§  कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड बिनियोजन

§  ढल्केबर, बर्दघाट र लम्कीमा ट्रमा सेन्टर निर्माणको लागि बजेट बिनियोजन,

§  स्वास्थ्य संस्थाबाट ७० प्रकारका औषधी निशुल्क वितरणका लागी ५ अर्ब ६० करोड विनियोजन

§  काठमाण्डौ उपत्यकामा ३०० सैया र सबै प्रदेशमा ५०/५० सैयाको सरुवारोग अस्पताल बनाउन १ अर्ब ३० करोड विनियोजन

§  जेष्ठ नागरिक भत्ता ४००० पराएको, सबै सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धी

§  युवालाइ शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म कर्जा उपलब्ध गराउने

§  प्रधानमन्त्री रोजगार अन्तर्गत दुई लाख रोजगारी सिर्जना गर्न १२ अर्ब बजेट बिनियोजन

§  दुध र तरकारीमा २ बर्षभित्र, गहुँमा ३ बर्ष र धान चामलमा ५ बर्षभित्र आत्मनिर्भर बनाउने

§  ३ बर्षभित्र स्वदेशमै रासायनीक मल कारखाना स्थापना गर्न १२ अर्ब बिनियोजन

§  कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन, तरकारी दुध र माछामासु ढुवानी गर्दा किसानलाइ २५ प्रतिशत अनुदान दिने

§  शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट बिनियोजन, विद्यार्थी खाजा कार्यक्रमका लागी ८ अर्ब ७३ करोड बिनियोजन

§  गरिबी निवारण कोष र स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रम(सांसद विकास कोष) खारेजी

§  साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण पुर्ण रुपमा प्रतिबन्ध

§  मातृ स्वास्थ्यमा सुधार ल्याउन हुम्ला, डोल्पा, मुगु, बझाङ लगायत २० जिल्लामा मातृ प्रतिक्षा गृह संचालनमा ल्याइने

§  आगामी बर्ष काठमाण्डौ उपत्यकामा १ सय विद्युतिय बस संचालन गरिने । २०८८ सालभित्र पेट्रोलियम पदार्थबाट चल्ने हल्का सवारी साधनलाइ विद्युतिय सवारी साधनले विस्थापन गर्ने

§  नीजि क्षेत्रसंग मिलेर मेड इन नेपाल मेक इन नेपाल अभियान संचालन गरिने । उक्त अभियानमार्फत सिमेन्ट औषधी र फलामे डण्डीमा निर्यात प्रवर्धन गरिने, पहाडको ओरालो बाटो ढलानमा  नेपाली सिमेन्ट फलामको प्रयोग अनिवार्य गरिने

§  तिनकुने - जडिबुटि सुरुङमार्गका लागी १ अर्ब ८० करोड बिनियोजन । सिद्दार्थ राजमार्गको सिद्दबाबा-दोभान, दोलखाको लामाबगर- लाप्चे र धरान धनकुटा राजमार्गको धरान-लेउती खण्डमा सुरुङमार्ग निर्माण कार्य प्रारम्भ गरिने

§  पुर्व पश्चिम रेलमार्ग सहित रेलमार्गहरु आयोजनाका लागी १० अर्ब ३ करोड विनियोजन

§  दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग बनाइने, हुम्लाको सदरमुकाम सिमिकोटलाई आगामी वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने

§  सबै प्रदेशमा चिडियाखाना स्थापना गरिने

§  श्रम बजारमा प्रवेश गर्ने, रोजगार गुमाएका वा बैदेशिक रोजगारबाट फर्किएका १ लाखलाई नि:शुल्क व्यवसायिक तालिम दिने

§  दलित, मुस्लिम र मुक्त कमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय नि:शुल्क पढ्न पाउने व्यवस्था गरिने

§  विश्वविद्यालय शिक्षालाइ अनुसन्धानमा आधारित बनाइने, कृषि तथा वन विश्वविद्यालयको आंगिक क्याम्पस विस्तार गरिने

§  एक विद्यालय एक स्वास्थ्यकर्मी नीति अवलम्बन गरी विद्यार्थीको आँखा कान लगायत आधारभुत स्वास्थ्य परिक्षण गरिने

§  मौसम सम्बन्धी सूचना प्रवाहका लागि सरकारले छुट्टै टेलिभिजन सञ्चालन गर्ने ।

§  सबै प्रदेशमा भू बैंक स्थापना, खाली जग्गा व्यवसायिक खेतीमा लगाइने

§  सबै प्रदेशमा आयुर्वेदीक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गरिने

§  भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइने

§  मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष संचालनमा ल्याइने

§  २ वर्षमा सबै सामुदायिक विद्यालयमा नि:शुल्क ईन्टरनेट ।

§  आगामी २ वर्षभित्र झापाको दमकमा अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गरिने

§  २ वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिने

§  २ बर्षभित्र योगमाया आयुर्वेद विश्वविद्यालय संचालनमा ल्याउने गरि पुर्वाधार निर्माण गरिने ।

§  २ बर्षभित्र संचालन गर्नेगरी झापाको दमकमा अन्तराष्ट्रिय स्तरको मदनभण्डारी रंगशाला निर्माण गरिने

§  निरोगी नेपाल अभियान सफल बनाउन स्वच्छ विचार स्वस्थ खाना र नियमित व्यायाम गर्न नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने,

§  अब कोही भोकै मर्दैन, भोकले कोही मर्दैन भन्ने सरकारको संकल्पलाइ व्यवहारिक कार्यान्वयन गरिने

§  म भ्रष्ट्राचार गर्दीन, म भ्रष्ट्राचार हुन दिन्न, म देश र जनताका लागी इमान्दार भएर काम  गर्छु भन्ने प्रतिज्ञा पुर्ण रुपमा लागु गरिने ।

§  मेरो कित्ता प्रणाली सबै जिल्लामा कार्यान्वयनमा ल्याइने, विभिन्न जिल्लाका ४० कार्यालयमा भु-सुचना प्रणाली विस्तार गरिने ।

§  स्वास्थ्य वीमा अन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन

§  सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र रोजगारदाताले योगदान गर्नुपर्ने, जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने

§  औपचारीक क्षेत्रमा कामगर्ने सबैखाले श्रमिकहरुको आधारभुत तलब मासिक १५ हजार पुर्‍याइने

§  महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शतप्रतिशत वृद्धी गरी १२ हजार पुर्‍याइने

§  सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा, बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुर्याइएको

§  सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजारले वृद्धि १० लाखको दुर्घटना विमा र १ लाखको स्वास्थ्य बीमा हुने । सुरक्षाकर्मीको राशन भत्ता १५ प्रतिशतले बृद्धि भएको

§  चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाईने, मुस्ताङमा यूरेनियम सम्भाव्यताको अध्ययन गरिने ।

§  काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने

§  कृषि औजार कारखाना, बुटवल धागो कारखाना, गोरखकाली टायर कारखाना, विरगंज चिनि कारखाना, हेटौडा कपडा उद्योग लगायत संचालनमा नरहेका उद्योगहरु नीजि क्षेत्रसंगको साझेदारीमा संचालन गर्न प्रस्ताव गरिने ।

§  १ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गर्न ७५ हजार अनुदान दिने

§  साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याइने ।

§  ताप्लेजुङको सुकेटार विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरिने स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने

§  पुष्पलाल राजमार्ग र हुलाकी राजमार्गका २७ स्थानमा नयाँ सहर विकासका लागी ३ अर्ब ३१ करोड बिनियोजन

§  सिक्टा सिंचाइ, रानीजमरा कुलरिया सिंचाइ र महाकाली सिंचाइ आयोजना निर्माणका लागी बजेट विनियोजन

§  नेपाल पत्रकार महासंघको सदस्यलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा

§  चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने

§  विद्युतबाट चल्ने घरायसी सामग्रीको भन्सार मूल्य घटाउने, निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट,

§  वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट, २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयकरमा ७५ प्रतिशत छुट, ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको ।

Previous Post Next Post

ads

ads

نموذج الاتصال