निजामती सेवामा अनुशासनको महत्वबारे लेख्नुहोस् ।

निजामती सेवामा अनुशासनको महत्वबारे लेख्नुहोस् ।


ऐन नियमअनुसार प्रदर्शन गरिने व्यवहार एवम् आचरण अनुशासन हो । यो व्यक्तिको स्वनियन्त्रण हो । यसको पालना नहुँदा कानुनी कारबाही हुने गर्छ । निजामती सेवा राष्ट्रनिर्माण गर्ने एक संयन्त्र हो । यो समाज परिवर्तनको संवाहक पनि हो । यसले मूलतः नियमित कार्य, आकस्मिक कार्य र विकासात्मक कार्य गर्छ । जनताको घरदैलोमा सेवा प्रवाह गर्नेदेखि राजस्व सङ्कलन, सोको खर्च, विदेशी सम्बन्धलगायतका कार्य गर्नुपर्ने हुन्छ । यी सबै कार्य गर्दा अनुशासनको आवश्यकता पर्छ । त्यसैले निजामती सेवामा अनुशासनको महत्व ठूलो हुने गर्छ । जसलाई निम्नबुँदाबाट उल्लेख गर्न सकिन्छः

निजामती सेवाको लक्ष्य प्राप्तिमा सम्पूर्ण कर्मचारीलाई सामूहिक रूपमा उन्मुख गर्न,

कर्मचारीबीच कार्यक्षमता र कार्यप्रभावकारिता अभिवृद्धि गर्न,

कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन,

निजामती सेवामा द्वन्द्व सिर्जना हुन नदिन,

निजामती सेवाभित्र आचरणगत व्यवहारमा वृद्धि ल्याउन,

– गैरकानुनी कार्य गर्ने कर्मचारीलाई सचेत गर्न

-  चेतावनी दिन एवम् दण्डित गर्न,

निजामती सेवामा कार्य गर्ने वातावरण असल बनाउन

समग्रमा निजामती सेवाको ख्याती वृद्धि गर्न 

गोरखापत्रबाट

Previous Post Next Post

ads

ads

نموذج الاتصال