नेपालमा पतिपत्नीले के–कस्तो अवस्थामा सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।
नेपालको कानुनी इतिहाँसमा मुलुकी ऐन सबैले चिन्ने कानुन हो । नेपालमा पहिलोपटक जंगबहादुर राणाले बि.स. १९१० मा मुलुकी ऐन जारी गरी नेपालमा औपचारीक रुपमा कानुनी व्यवस्थाको सुरुवात गरेका थिए । मुलुकी ऐन आउनुपुर्व नेपालमा धर्म प्रथा परम्परा अनुसार कारबाही हुने व्यवस्था थियो । पहिलो मुलुकी ऐनलाइ नेपाली कानुनी इतिहाँसको प्रगतिशिल सुरुवातको रुपमा लिइन्छ । सोही मुलुकी ऐनलाइ बि.स. २०२० मा पुनर्संरचना, लेखन तथा संशोधन गरि नयाँ मुलुकी ऐन जारी गरियो । मुलुकी ऐनमा भएका विविध व्यवस्था, मुलुकमा क्रियाशिल अन्य १३ वटा कानुन समेत समेटेर २०७४ मा मुलुकी संहिता जारी गरियो ।
नेपालमा पतिपत्नीले सम्बन्ध विच्छेद गर्नसक्ने सन्दर्भमा पुरानो व्यवस्थालाइ परिवर्तन गरि २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएको मुलुकी देवानी (संहिता) ऐन–२०७४ ले पतिपत्नीले सम्बन्धविच्छेद गर्न सक्ने विभिन्न अवस्था व्यवस्था गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
पतिले
सम्बन्धविच्छेद गर्न सक्ने अवस्था
पतिले देहायका
कुनै अवस्थामा पत्नीको मञ्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्ने :
(क)
कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले
पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख)
पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग)
पत्नीले पतिको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने
किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ) पत्नीले अन्य पुरुषसँग यौनसम्बन्ध
राखेको ठहरेमा ।
पत्नीले
सम्बन्धविच्छेद गर्न सक्ने अवस्था
पत्नीले देहायका
कुनै अवस्थामा पतिको मञ्जुरी नभए पनि सम्बन्धविच्छेद गर्न सक्ने :
(क)
कानुनबमोजिम अंश लिई वा मानो छुट्टिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले
पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा,
(ख)
पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा,
(ग)
पतिले पत्नीको अङ्गभङ्ग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने
किसिमको कुनै काम वा जाल प्रपञ्च गरेमा,
(घ)
पतिले अर्को विवाह गरेमा,
(ङ)
पतिले अन्य महिलासँग यौनसम्बन्ध राखेको ठहरेमा,
(च) पतिले पत्नीलाई जबरजस्ती करणी
गरेको ठहरेमा ।
पढ्नुभयो ? धन्यावाद, अरुलाइ पनि सेयर गर्नुहोला ।