राष्ट्रिय गौरबका आयोजना र रुपान्तरणकारी आयोजनाहरु - लोकसेवा बिशेष प्रश्नोत्तर

ads

 राष्ट्रिय गौरबका र प्राथमिकता प्राप्त आयोजनाहरु

आर्थिक सामाजिक विकासमा महत्वपुर्ण योगदान पु¥याउने बृहत पुर्वाधार निर्माण र सँस्कृति तथा वातावरण संरक्षण सम्बन्धि रणनीतिक महत्वका आयोजनाहरुलाई आ.ब २०६८÷६९ देखी राष्ट्रिय गौरबका आयोजनाका रुपमा छनौट गरी कार्यान्वयनमा ल्याइएको हो । १५ औं योजनाले २२ वटा राष्ट्रिय गौरबका आयोजनाहरु उल्लेख गरेको छ । जुन निम्नानुसार रहेका छन ।

§  सिक्टा सिंचाइ आयोजना

§  बबई सिंचाई आयोजना

§  रानीजमरा कुलरिया सिंचाई आयोजना

§  भेरि बबई डाइभर्सन आयोजना

§  माथिल्लो तामाकोशी जलविद्युत आयोजना

§  बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजना

§  पश्चिम सेती जलविद्युत आयोजना

§  गौतमबुद्ध क्षेत्रीय÷अन्तराष्ट्रिय विमानस्थल आयोजना

§  पोखरा क्षेत्रीय÷अन्तराष्ट्रिय विमानस्थल आयोजना

§  निजगढ(दोस्रो)अन्तराष्ट्रिय विमानस्थल आयोजना

§  पशुपति क्षेत्र विकास कोष

§  लुम्बिनी क्षेत्र विकास कोष

§  मध्य पहाडी(पुष्पलाल) लोकमार्ग

§  हुलाकी(पुर्वपश्चिम) राजमार्ग आयोजना

§  कोशी राजमार्ग(उत्तर दक्षिण लोकमार्ग)

§  कालिगण्डकी कोरिडोर(उत्तर दक्षिण)

§  कर्णाली करिडोर(उत्तर दक्षिण)

§  काठमाण्डौतराई मधेश द्रुत मार्ग आयोजना

§  मेलम्ची खानेपानी आयोजना

§  राष्ट्रपति चुरेतराइमधेश संरक्षण कार्यक्रम

§  विद्युत प्रशारण आयोजना(मिलेनियम च्यालेन्ज एकाउण्टनेपाल)

§  मेट्रो तथा रेलमार्ग(पुर्वपश्चिम रेलमार्ग र काठमाण्डौ मेट्रो रेल) आयोजना

केही प्रश्नोत्तरहरु

राष्ट्रिय योजना आयोगको अध्यक्ष को रहन्छ ।
प्रधानमन्त्री
राष्ट्रिय योजना आयोगमा १ उपाध्यक्ष र नेपाल सरकारका मुख्य सचिव सहित अन्य सदस्यहरु रहने व्यवस्था छ ।
हालसम्म नेपालमा कति वटा योजनाहरु कार्यान्वयन भएका छन ।
१५ वटा योजनाहरु
नेपालमा योजनाबद्ध विकासको सुरुभए देखी हालसम्म १५ वटा आवधिक योजनाहरु कार्यान्वयनमा आइसकेका छन ।
नेपालको पन्ध्रौं पञ्चबर्षिय योजना कहिले पारित भएको थियो
२०७६ फागुन १९ गते
राष्ट्रिय गौरबका योजना र रुपान्तरणकारी योजनाहरु समेटिएको राष्ट्रिय पन्ध्रौं पञ्चबर्षिय योजना राष्ट्रिय योजना आयोगले पारित गरि कार्यान्वयनमा ल्याएको छ ।
कतिवटा आयोजनालाइ रुपान्तरणकारी योजनाको सुचिमा राखीएको छ
१८ आयोजनालाइ
राष्ट्रिय योजना आयोगले करिब २५ खर्ब  लागत अनुमान सहित १८ आयोजनाहरुलाइ रुपान्तरणकारी योजना छनौट गरेको छ ।  यस्ता आयोजनाहरुबाट प्रत्यक्ष/अप्रत्यक्ष गरी ४० हजार रोजगारी सृजना हुनेछन ।

१८ वटा रुपान्तरणकारी योजनाहरु

     1.      प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम,
2.      सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
3.      समृद्धिका लागि वन कार्यक्रम,
4.      जग्गा प्रशासन सुदृढीकरण तथा अनौपचारिक भूसम्बन्ध व्यवस्थापन कार्यक्रम
5.      औद्योगिक पूर्वाधार विकास आयोजना,
6.      स्वास्थ्य स‍ंस्था तथा स्वास्थ्य सेवा विस्तार आयोजना,
7.      सार्वजनिक विद्यालय सबलीकरण आयोजना,
8.      प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम आयोजना
9.      राष्ट्रपति महिला सशक्तीकरण परियोजना,
10.  माथिल्लो अरुण जलविद्युत् आयोजना,
11.  राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइन आयोजना,
12.  पूर्वपश्चिम राजमार्ग स्तरोन्नति आयोजना,
13.   गल्छीत्रिशूलीमैलुङस्याफ्रुबेंसीरसुवागढी सडक आयोजना,
14.  प्रदेश तथा स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम
15.  नयाँ सहर विकास आयोजना
16.  सहरी कोरिडोर आयोजना
17.  डिजिटल नेपाली र 
18.  राष्ट्रिय परिचयपत्र तथा घटना दर्ता कार्यक्रम

गौतम बुद्ध अन्तराष्ट्रिय विमान स्थल कहाँ निर्माण हुदै छ ?
- रुपन्देहीको भैरहवा
रुपन्देहीको भैरहवामा निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले बार्षिक ७६ लाख यात्रुलाइ सेवा प्रदान गर्नेछ । यसको कुल लागत ३० अर्ब ९१ करोड रहेको छ । यसको धावन मार्गको लम्बाइ ३ हजार मिटर र चौडाइ ६० मिटर हुनेछ ।
पोखरा अन्तराष्ट्रिय विमानस्थल कहाँ  निर्माण हुदैछ ?
- कास्कीको पोखरामा
राष्ट्रिय गौरबको आयोजना पोखरा अन्तराष्ट्रिय विमानस्थलले बार्षिक ८ लाख यात्रुलाइ सेवा प्रदान गर्नेछ । यसको कुल लागत २१ अर्ब ६० करोड रहेको छ । यसको धावन मार्गको लम्बाइ २५ सय मिटर र चौडाइ ४५ मिटर हुनेछ ।
राष्ट्रिय गौरबको आयोजना लुम्बीनी विकास कोषको लागि कति लागत अनुमान गरिएको छ ?
- ६ अर्ब १० करोड
लुम्बिनी क्षेत्रलाइ विश्वशान्तिको अन्तराष्ट्रिय केन्द्रको रुपमा स्थापित गरी प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्यले सुरु गरिएको लुम्बिनी विका कोषको दायरा लुम्बिनी प्रदेशको कपिलबस्तु रुपन्देही र पश्चिम नवलपरासी हुनेछ ।
राष्ट्रिय गौरबको आयोजना सिक्टा सिंचाइ आयोजनाले कति क्षेत्रफलमा सिंचाइ सुबिधा पुग्नेछ ?
- ४२ हजार ७ सय ६६ हेक्टर
बाँकै जिल्लामा निर्माणाधिन सिक्टा सिंचाइ आयोजनाले ४२ हजार ७ सय ६६ हेक्टर क्षेत्रफलमा सिंचाइ सुविधा पुग्नेछ । आ.ब २०७७/०७८ मा सम्पन्न हुने भनेको यस आयोजनाको प्रगती भने २०७७ फागुनसम्म जम्मा ६३ प्रतिशत मात्र पुगेको छ ।
रानिजमरा कुलरिया सिंचाइ आयोजना कहां संचालित हुने आयोजना हो ?
- कैलाली जिल्लामा
कैलाली जिल्लाको २० हजार ३ सय हेक्टरमा सिंचाइ पुर्याउने उद्देश्यले राष्ट्रिय गौरबको आयोजनाको रुपमा यो आयोजना निर्माण गरिने । यो आयोजना आ.ब २०८०/८१ मा सम्पन्न हुने लक्ष्य राखिएको भएतापनि २०७७ फागुनसम्म जम्मा ४८ प्रतिशत प्रगती भएको छ ।
मेलम्ची खानेपानी आयोजनाबाट कति जनसंख्या लाभाम्बित हुनेछन ?
- ३५ लाख
राष्ट्रिय गौरबको मेलम्ची खानेपानी आयोजना बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर र भक्तपुरमा कार्यान्वयन हुने । यस आयोजनाको जम्मा लागत ६६ अर्ब हुने  जसमध्ये आ.ब २०५५/५६ बाट सुरुभएको पहिलो चरणको २७ अर्ब रुपैयाँ लागतमा काम सम्पन्न भैसकेको छ । भने दोस्रो चरणको काम आ.ब २०७५/७६ बाट सुरु भएको छ यो आ.ब २०८१/८२ सम्म सक्ने लक्ष्य रहेको छ ।

ads

Previous Post Next Post

نموذج الاتصال