कालो ढुसी(म्युकरमाइकोसिस) का लक्षण, बच्ने उपाय र उपचार सम्बन्धी जानकारी

नेपालको वीरगन्ज, नेपालगन्ज र काठमाण्डू लगायत ठाउँका अस्पतालबाट १५ जनाभन्दा बढी कोभिड संक्रमितलाइ कालो ढुसीको सङ्क्रमण भएको खबरहरु बाहिर आएका छन । केही दिनअघि भारत उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको सङ्क्रमण देखिएको बीबीसी हिन्दीले जनाएको थियो। तर नेपालमा भने हालसम्म ब्ल्याक फङगस मात्र भेटिएको छ । अहिले चर्चामा रहेका ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र एलो फङगस एउटै प्रजातिको हो । भारतमा झन्डै १००० जनामा कालो ढुसीको संक्रमण देखा परिसकेको छ ।  

कोभिड१९ भएका बिरामीमा म्युकरमाइकोसिस(कालो ढुसी) नामक सङ्क्रमण हुन सक्ने भएकाले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ हामिले ध्यान दिनुपर्छ । कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भएपनि शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको अवस्थामा कालो ढुसीले सङ्क्रमण गर्ने र यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पुयाउन सक्ने यस सम्बन्धी जानकार विशेषज्ञ चिकित्सकहरुले बताउँदै आएका छन । यो सङ्क्रमण विरलै देखिन्छ, तर सङ्क्रमण गम्भीर भए प्राणघातक पनि हुन सक्ने भएकाले समयमा नै यस सङ्क्रमण प्रति सजग हुनुपर्छ


कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा जहाँतहीँ प्राकृतिक रूपमै पाइने एक प्रकारको 'अवसरवादी' ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ। मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला म्यूकोर्माइकोसिस हुने गर्छ। कोभिड महामारीमा यस्तो रोग देखीनुको कारण भनेको कोभिडबाट हाम्रो इम्यूनिटी (प्रतिरोध क्षमता) घट्नु नै हो त्यसमाथि सिकिस्त बिरामीलाई स्टेरोइड चलाइँदा रोगसँग लड्ने क्षमता अझै घट्न जान्छ जसले गर्दा कालोढुसी संक्रमणको जोखीम झन बढ्ने बिशेषज्ञहरु बताउछन ।


यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा देखिने भएकाले मधुमेह रोग भएका व्यक्ति तथा एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू कालो ढुसीको सिकार हुने भएकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा स्टेरोइडजस्ता औषधि सेवन नगर्न बिशेषज्ञहरुले सुझाव दिएका छन । कोरोनाको उपचारका क्रममा स्टेरोइड र एन्टिबायोटिक औषधि अत्यधिक सेवन गरेका व्यक्ति कालो ढुसीको उच्च जोखिममा रहने गर्छन ।


कालो ढुसीको सङ्क्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने, नाक वरिपरिको छाला कालो हुने, आँखाले धमिलो देख्ने, आँखा सुन्निने लगायतका लक्षण देखिने भएकाले यस्तो लक्षण देखीएमा तत्काल चिकित्सकको परामर्श लिनुपर्दछ । साथै कालो ढुसीको सङ्क्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको सङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजाने गरेमा यसको संक्रमणको संभावना कम हुन्छ ।


चिकित्सकहरूका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा मुख्यतया 'एम्फोटेरिसिन बी' औषधिको प्रयोग गर्ने गरिएको छ। नेपालमा त्यो औषधिको प्रयोग कालाजारको उपचारमा हुँदै आएको छ। अहिलेसम्म बजारमा उपलब्ध औषधीबाट काम चलाइँदै आएको भए पनि पछिल्लो समय भारतले सो औषधी निर्यातमा रोक लगाएकोले औषधि पाउनै चुनौतिपुर्ण रहेको जानकारहरु बताउने गरेका छन ।   त्यसैले  संक्रमण हुन दिनुभन्दा संक्रमण नै रोक्नु उत्तम उपाय हो ।


प्रारम्भिक लक्षण

  1. ज्वरो आइरहने,
  2. अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने,
  3. आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने
  4. नाकबाट बाक्लो सिँगान आउने,
  5. नाक वरिपरिको छाला कालो हुने
  6. आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने

रोकथामका उपाय

  • सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने,
  • नियमित रूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने,
  • घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने,
  • धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने,
  • नुनिलो पानीले नाक सफा गर्ने,
  • पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने,
  • जथाभावी स्टेरोइड र एन्टिवायोटिक प्रयोग नगर्ने,
  • सुगर भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने,
  • स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधि सेवन गर्ने,
  • व्यक्तिगत सरसफाइमा ध्यान दिने

विभिन्न मिडीया तथा स्वास्थ्य मन्त्रालयबाट जारी सुचनाहरुबाट
Previous Post Next Post

ads

ads

نموذج الاتصال