उत्कृष्ठ पालिका गान तयार गर्ने व्यक्तिले पाउने भए नगर रु ३० हजार

  प्यूठान, लुम्बिनी प्रदेश: नौबहिनी गाउँपालिकाले आफ्नै गान तयार गर्नका लागि सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको २०७९ साल पुस २६ गतेको निर्णय अनुसार पालिकाको सामाजिक, आर्थिक, भौगोलिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक तथा मौलिक विशेषतालाई झल्काउने गान तयार गर्ने प्रक्रिया अघि बढाइएको हो।

पालिकाले जारी गरेको सूचनामा गान तयार गर्नेले पालिकाको नाम अनिवार्य समावेश गर्नुपर्ने, ४० देखि ६० अक्षरको गान लेख्नुपर्ने र जातीय भेदभाव, साम्प्रदायिकता, र राष्ट्रिय एकतामा आँच पुर्‍याउने कुनै शब्द प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।

पालिकाले उत्कृष्ट गान तयार गर्ने व्यक्तिलाई रु. ३०,००० नगद पुरस्कार प्रदान गर्ने जनाएको छ। गान पेश गर्ने व्यक्तिले नेपाली नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा बुझाउनुपर्ने र सामूहिक रूपमा पेश गरिएको गानलाई मान्यता नदिइने पनि सूचनामा प्रष्ट पारिएको छ।

गानको मूल्याङ्कन नौबहिनी गाउँपालिकाको मूल्याङ्कन समितिले गर्नेछ। समितिबाट परिमार्जन सुझाव आएमा त्यसलाई स्वीकार गर्नुपर्नेछ। स्वीकृत गानको स्वामित्व गाउँपालिकामा रहने र कुनै अन्य स्थानमा प्रयोग गर्न नपाइने सूचनामा जनाइएको छ।

गान पेश गर्न इच्छुक व्यक्तिले आफ्नो गान सिलबन्दी खाममा पेश गर्नुपर्नेछ। साथै, गानको सफ्टकपी (Soft Copy) समेत अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ।


पालिकाको गानको लागि शर्तहरू यस प्रकार राखेको छ ।

शर्तहरु:

१. नौबहिनी गाउँपालिकाको नाम अनिवार्य समावेश हुनुपर्नेछ।
२. पालिकाको सामाजिक, आर्थिक, भौगोलिक, प्राकृतिक, धार्मिक, ऐतिहासिक, पुरातात्विक, मौलिक विशेषता झल्किने गरी पालिका गान तयार गर्नुपर्नेछ।
३. पालिका गान कम्तिमा ४० (चालीस) अक्षर र बढीमा ६० (साठी) अक्षरमा पर्ने गरी मौलिक विशेषता झल्किने हुनुपर्नेछ।
४. गानमा प्रयोग भएका शब्दहरुको संरचना व्याख्या गर्नुहुँदा कुनै पनि जातीय भेदभाव, साम्प्रदायिकता, सामाजिक विभाजन, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने शब्दको प्रयोग गर्न पाइँदैन।
५. उत्कृष्ट पालिका गान तयार गर्नेले रु. ३० (तीस) हजार पुरस्कार प्रदान गरिनेछ।
६. पेश भएको नाम मूल्याङ्कन समितिबाट परिमार्जन सुझाव आएमा परिमार्जन गरी स्वीकृत गर्न सकिनेछ।
७. पालिका गान पेश गर्ने सूचनाकर्ताले अनिवार्य रुपमा नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ।
८. पालिका गान मूल्याङ्कन नौबहिनी गाउँपालिकाको गतिल मूल्याङ्कन समितिबाट गराइनेछ।
९. सामूहिक रुपमा पेश गरेको गानलाई मान्यता प्रदान गरिने छैन। पालिकाको गानको स्वीकृतिसँगै सम्पूर्ण अधिकार गाउँ कार्यपालिकामा निहित रहनेछ।
१०. स्वीकृत गानको स्वामित्व गाउँपालिकामा रहनेछ र सूचनानुसार अन्यत्र प्रयोग गर्न पाइँदैन।
११. सिलबन्दी खाममा साँचामा रचना गरिएको गानको (Soft copy) उपलब्ध गराउनु पर्नेछ।

Previous Post Next Post

ads

ads

نموذج الاتصال