प्रतीक चिह्न (लोगो) डिजाइन गर्नेलाई प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलालीले नगर रु ४० हजार दिने भएको छ ।


प्रतीक चिह्न (लोगो) डिजाइन गर्नेलाई प्रदेश लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलालीले नगर रु ४० हजार दिने भएको छ । पहिलो पटक मिति: २०८१।१०।६ मा सूचना प्रकाशित गरेको हो। 

यस आयोगको प्रतीक चिह्न (लोगो) निर्माण गरी प्रयोगमा ल्याउन आयोगका सिद्धान्त, मूल्य मान्यता र सुदूरपश्चिम प्रदेशको पहिचान झल्किने गरी लोगो निर्माण गर्न आयोगको मिति २०८१।०९।९ को निर्णय बमोजिम लोगो निर्माणका लागि यो सूचना प्रकाशन गरिएको छ।
खुला प्रतिस्पर्धात्मक विधिबाट लोगोको छनौट गरिने र छनौट हुने लोगोको डिजाइनकर्तालाई पुरस्कारस्वरूप रु. ४०,०००/- (करसहित) र प्रमाणपत्र प्रदान गरिने भएकोले इच्छुक व्यक्तिहरूलाई आवश्यक सर्तहरूको पालना गर्दै निर्माण गरेको प्रतीक चिह्न (लोगो) र पेश गर्नुपर्ने मनि तोकिएका कागजातहरू मिति २०८१।१०।२६ गतेभित्र कार्यालय समयभित्र आयोगको कार्यालयमा पेश गर्न वा
[email protected]
मा पठाउनुपर्ने व्यहोरा यसै सूचनामार्फत जानकारी गराइन्छ।

साथै लोगो निर्माणको सर्त तथा प्रस्ताव दर्तालगायत प्रस्तावसँग पेश गरिने कागजातहरूको विवरण आयोगको वेबसाइट
psc.sudurpashchim.gov.np
बाट जानकारी लिन सकिनेछ।


थप जानकारीका लागि सम्पर्क:
प्रदेश लोक सेवा आयोग
सुदूरपश्चिम प्रदेश,
धनगढी, कैलाली
Email: [email protected],
Website: psc.sudurpashchim.gov.np
सम्पर्क नं.: ९८५८४२९३३५ (सूचना अधिकारी)

Previous Post Next Post

ads

ads

نموذج الاتصال