शेरबहादुर देउवा नेपाली काङ्ग्रेसका।[४] देउवा नेपाली काङ्ग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए। पटक पटक गरी देउवा ५[५] पटक प्रधानमन्त्री बन्न सफल रहेका छन्।
नेपाली काङ्ग्रेसको विभाजन पछि उनी नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)को सभापति थिए। काङ्ग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काङ्ग्रेसमा गाभिएका छन्। शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री रहिसकेका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुरा जिल्ला क्षेत्र नं. १ र कञ्चनपुर जिल्ला क्षेत्र नं. ४ बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन्। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा डडेलधुरा जिल्ला क्षेत्र नं. १ बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घ (ने. वि. सङ्घ)का प्रथम सभापति थिए र सुदूर पश्चिममा नेपाली काङ्ग्रेसका सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्। राजनीतिक सङ्घर्षका क्रममा उनले नौ वर्ष जेल जीवन बिताएका छन्। देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक)को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको नेपाली काङ्ग्रेससँग एकीकरण भयो र उनी वरिष्ठ नेतामा स्थापित भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप सङ्घर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एम्. ए. गरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवा पनि संविधान सभा सभासद् थिए।[६]